विकास निर्माणको काम गोरखाबाट अब सुरु भएकाे प्रधानमन्त्रीकाे भनाइ

संघीय गणतान्त्रिक नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिकास निर्माणकाे काम गाेरखाबाट शुरू भएकाे बताउनुभएकाे छ ।

प्रधानमन्त्री दाहालले साे गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. २ मा पर्ने र लमजुङ जाेडने पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्दै साे कुरा बताउनुभएकाे हाे ।

निर्वाचनका क्रममा गाेरखाका बिभिन्न स्थानहरूमा भाेट माग्दै हिडने क्रममा उहाँले गाेरखाकाे धुले सडकलाइ ५ बर्षभित्र पक्की सडक बनाउने उदघाेष गर्नुभएकाे थियाे । चुनावका बेला गरिएका धेरै बाचा पूरा गर्ने गरी अहिले योजना बनाइरहेको र आफुले विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिईसकेको प्रधानमन्त्री दाहालले बताउनुभयाे ।

सडक स्तरोन्नती अन्तर्गत सो सडकलाई दुई लेन चौडा बनाउने, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रेको काम हुने सडक सुधार आयोजना निर्देशनालयका निर्देशक ज्ञानेन्द्रकुमार झाले बताउनुभएकाे थियाे । उक्त सडक स्तराेन्नतीकाे लागि भारत सरकारको एक्जिम बैंकको ऋण सहयोगअन्तर्गत ८१ करोड ६१ लाख ६६ हजार रुपैयाँ बिनियाेजित गरेकाे बताइएकाे छ ।

उक्त सडक स्तराेन्नतीकाे जिम्मा उड हिल, लामा जेभीले निर्माणको जिम्मा पाएको छ । २०८२ भदौ भित्र काम सक्ने गरी निर्माण कम्पनीले २०७९ फागुन १५ गते सम्झौता गरेको थियो । उक्त सडक बनेपछि चार लाख भन्दाबढि जनसंख्या लाभान्बित हुने ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालय गोरखाले जनाएको छ ।

पुजापाठसँगै शिलालेख अनावरण गरेर प्रधानमन्त्री दाहालले पन्थडिही कटहरे हर्मी साहिलटार सडकको शिलान्यास गरेका थिए । ‘सडक मात्रै भएर विकास नहुँदो रहेछ, शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर यहाँ नै सिर्जना गरेर बिदेशीएका जनशक्तिलाई यहाँ अवसर दिलाउने गरी हाम्रो ध्यान केन्द्रित हुनेछ’ प्रधानमन्त्री दाहालले बताउनुभयाे । सडकलाई उत्पादनसित जोड्नुपर्ने, आयात कम गर्दै निर्यात बढाउने गरी विकासका योजना अघि बढाउनुपर्ने देशभरीको आवश्यकता रहेकाे पनि बताउनुभयाे ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले निर्धारित समय भन्दापनि अगाबै गुणस्तरीय काम गरेर सिध्याउन निर्माण ब्यवशायीलाई सुझाब दिनुभयाे । ‘धेरै पहिलेदेखि जनताले कालोपत्रेको अपेक्षा गरेको सडक हो’, भौतिक पूर्वाधार मन्त्री समेत रहनुभएका श्रेष्ठले  विकास निर्माणका काम मार्फत सरकारले समृद्धिको प्रक्रियालाई गुणात्मक परिर्वतन ल्याउने  बताउनुभयाे ।

वि.सं. २०६५ सालमा ट्रयाक खन्ने काम भएकाे याे सडककाे स्तराेन्नती हुन लागेकाेमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले  खुशी व्यक्त गर्दै २०७७/७८, ७८/७९ मा दुईपटक ठेक्का आह्वान गर्दापनि यो सडक खण्डको काम सुरु हुन नसकेको बताउनभएकाे थियाे ।

गण्डकी प्रदेश सभा सदस्य सुरेन्द्रराज पाण्डेले यो बेला नबनेको गोरखा अब कहिले बन्ने ? भन्दै प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायत सबै पार्टीका नेताहरु गोरखाको विकास र समृद्धिमा एकजुट हुनुपर्ने बताउनुभयाे । ‘केही योजना ठेकेदारका कारण अलपत्र छन्’, उहाँले भन्नुभयाे ‘ पन्थडिही कटहरे हर्मी साहिलटार सडक जिम्मा लिने पनि गोर्खाली ब्यवशायी हुनुहुन्छ । उहाँ निर्धारित समयभित्रै र गुणस्तरीय काम गर्ने ठेकेदार हुनुहुन्छ । त्यसैले यो काम पनि उहाँले समयभित्रै सक्नुहुनेछ ।’

सडक विभागका महानिर्देशक सुशील ढकालले पन्थडिही कटहरे हर्मी साहिलटार सडक खण्डमा स्थानीयले स्वस्फूर्त जग्गा उपलब्ध गराएको भन्दै धन्यवाद दिनुभयाे । ‘अन्तर निकायत्मक समन्वयका अभावले केही योजनाहरु समयमै पूरा भएका छैनन’,  ‘यो सडक उच्च गुणस्तरका साथ समयमै सम्पन्न हुनेमा आशावादी छु ।’ समयभित्रै सम्पन्न गर्नेमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

पालुङटार नगरपालिकाका प्रमुख बिबस चिन्तनले एक दशक अघिदेखि हिलो, धुलोले गिज्याईरहेको यो सडक कालोपत्रे हुनु स्थानीयकालागि खुसीको कुरा भएको बताउनुभएकाे थियाे । साथै उनले काम छिटो सम्पन्न गर्न स्थानीय सरकारले सहयोग गर्ने पनि बताउनुभयाे ।

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.