ईकमर्स साथीकाे अफरै अफर

डिजिटल दुनियामा फड्को  मार्दै आइरहेको पोखराको कास्कीमा कार्यालय स्थापना गरी अघि बढेकाे ईकमर्स  साथी प्रा.लि. ले  प्रथम वार्षिकोत्सव काे अवसरमा बिभिन्न अफरहरू दिएकाे छ ।

भव्य रूपमा प्रथम बार्षिकाेत्सव मनाएकाे  साथीले वेबसाइट निर्माणकाे क्षेत्रमा बिभिन्न अफरहरू घाेषणा गरेकाे हाे । ग्राहक सन्तुष्टि हाम्रो सफलता हो” नाराका साथ आज फाल्गुन  २९ गतेको दिन ईकमर्स साथी प्रा लि को स्थापना भएको थियो।  ईकमर्स साथी नयाँपन र विशिष्टताको हिसाबले एक वर्ष पुरानो र एक वर्ष सबल भएको  छ । ग्राहक एवम् विद्यार्थीहरुले  वर्षभरि देखाउनुभएको अटल समर्थन र विश्वासले  निरन्तरता दिइरहेको छ भनेर संस्थापक विजय कुमालले बताउनुभयाे ।

ईकमर्स साथी प्रा.लि. को पहिलो वार्षिकोत्सवको अवसरमा इकमर्स साथीका सञ्चालक कुमालले कम्पनीले आफ्नो ग्राहकहरूका लागि बिभिन्न अफरहरु समेत घोषणा गर्नुभएको छ। स्थापना कालदेखि अनलाइन तथा अफलाइन माध्यमबाट वेबसाइट निर्माण, व्यक्तित्व निर्माण सम्बन्धी तालिम लगायतका बिभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको छ।

 कार्यालयमा एक कार्यक्रमका बीच भाैतिक रूपमा बार्षिकाेत्सब मनाइएकाे थियाे भने साँझ ७ बजेदेखि अनलाइन माध्यमबाट समेत एक कार्यक्रम सम्पन्न गरिएको छ । बार्षिकोत्सव कार्यक्रमको  अवसरमा ईकमर्स  साथीका सञ्चालक बिजय कुमालले कम्पनीको बारेमा जानकारी गराउनुका साथै हालसम्म गर्दै आएका गतिबिधिहरूको चर्चा गर्नुका साथै वेबसाइट निर्माणका आधारभूत तत्वहरूका बारेमा जानकारी गराउनुभएको थियो। यस अबसरमा सम्पुर्ण तालिमहरुमा ६०% छुट र सम्पुर्ण सेवाहरुमा ४०% छुट रहेको बताउनुभएको थियो। कार्यक्रमको सञ्चालन  इकमर्स  साथीका द्वेय  संस्थापक  ममता शाहले गर्नुभएको थियो । साथै अवसरमा रेडियो बन्दीपुर ८८.८ मेगाहर्ज तथा गोर्खा संसार डट कम का सञ्चालक रबिन्द्र कंडेल, नेपाल प्रहरीका सब-इन्स्पेक्टर ज्ञानेन्द्र चौधरी, एक्टिभ ग्रिनल्याण बोर्डिंग स्कुल सह- प्राध्यापक प्रदीप खडका लगायतले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए ।

कार्यक्रममा रामग्राम सगरमाथा एकेडेमीका सह- प्राध्यापक तथा ईकमर्स साथी प्रा.लि.का सदस्य नविन कुमार श्रेष्ठ ज्युले website optimization बारे तालीमदिनुभएको थियो भने NTHMC (Nepal Tourism & Hotel Management college) का कम्प्युटर प्रशिक्षक तथा ईकमर्स साथी प्रा.लि.का सदस्य नवराज ओझा ज्युले website Security र SEO बारे प्रवेश घिमिरेले तालीम दिएका थिए ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.