गण्डकी प्रदेशमा मन्त्रालयको संख्या घटाइने छ – सभामुख धिताल

गोरखाको पालुङटार नगरपालिकामा  दोस्रो राष्ट्रपति कप रनिङ्ग शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।

पालुङटार नगरपालिकाको आयोजनामा सुरुभएको रनिङ शिल्ड प्रतियोगितामा प्रमुख अतिथिको रुपमा बोल्दै गण्डकी प्रदेशका नवनिर्वाचित सभामुख कृष्ण धिताल ले खेलको माध्यमबाट बाट समग्र राष्ट्रको समेत विकास गर्न सकिने हुँदा अनुशासित रुपमा आफ्नो खेल प्रदर्शन गर्नुपर्ने बताउनुभएको थियो । सोही अवसरमा बोल्दै सभामुखले धितालले गण्डकी प्रदेशमा मन्त्री र मन्त्रालयको संख्या घटाए र खर्च कटौती गर्न योजना अगाडि बढाईरहेको र छिट्टै मन्त्रिपरिषद् लाई पुर्णता दिन े बताउनुभएको थियो । सोहीक्रममा बल्दै उहाँले यस्स नगरपालिकाभित्र आङ्गिक कृषि क्याम्पस ,औद्योगिक क्षेत्र लगायत समग्र विकास योजनाहरूको बारेमा आफूहरुले विशेषरुपमा योजना बनाएको र सोही योजनाअनुरुप काम गर्न प्रमुख प्रशासकीय अधिकृत लगायतका टिमलाई आग्रह समेत गर्नुभएको थियो ।

पालुङटार नगरपालिका वडा नम्बर 5 ठाटी पोखरीमा आजैदेखि सुरुभएको कार्यक्रममा विशेष अतिथिको रुपमा पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले खेलकुद जगतबाट राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाउन सकिने कुरा व्यक्त गर्नुभएको थियो ।

नगरप्रमुख विवश चिन्तनको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका विकास भट्टराई, नेपाली कांग्रेसका बिमल ढकाल, नेकपा एमालेका बसन्त कुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवजी पाण्डे,  नेसपाका नारायणी अधिकारी, प्रधानाध्यापक दामोदर देवकोटा , वडा नम्बर 9 का वडा अध्यक्ष एवं सामाजिक विकास शाखा का प्रमुख भेजराज पाण्डे  लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

माघ 9 गते सम्म सञ्चालन हुने अन्तर मावि स्तरीय खेलकुद अन्तर्गत छात्र  छात्रा तर्फको volleyball, लामो तथा छोटो दौड, रिले दौड, छेलो , भाला लगाएतका विभिन्न खेलहरू समावेश गरिएका छन् । पालुङटार नगरपालिका भित्रका तेह्रवटा सामुदायिक विद्यालयहरूले खेलमा सहभागिता जनाएका छन् । आज भएको खेलमा छात्रा तर्फको भलिबल,  छात्र छात्रा  तर्फको long jump,  छेलो खेलहरू शुरु भएका छन भने बाँकी खेलहरु माघ 8 र 9 गते हुने जनाएको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker