२० लाखमा नाला निर्माण शुरूः टुक्रे याेजनाभन्दा ठूला याेजनामा वडाध्यक्षकाे ध्यान

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ काे बिरूवाटारबाट २० लाखकाे लागतमा पक्की नाला निर्माण कार्य शुरू भएकाे छ ।

वडा नं.८ का वडाध्यक्ष अर्जुन बहादुर कुमालले साना र टुक्रे याेजनाभन्दा ठूला र लाभदायक याेजनामा ध्यान दिने बताउँदै पक्की नाला निर्माणकाे लागि वडा कार्यालयबाट २० लाख बजेट बिनियाेजन गरेकाे बताउनुभयाे ।

साे बजेटबाट बिरूवाटार देखि ढिकुवा सम्म पक्की नाला निर्माणकाे काम भइरहेकाे छ । बाटाेकाे मापदण्डअनुसार कायम गरी सडकका छेउमा पक्की नाला निर्माण गरेपछि सडककाे अायु पनि बढने र भाेलिका दिनमा सडककाे स्तराेन्नतीकाे काममा पनि सहज हुने वडाध्यक्ष कुमालले बताउनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.