पालुङटार नपा गाेर्खाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम धुँवाकाेटमा सम्पन्न

पाैष १७
गाेर्खाकाे पालुङटार नगरपालिकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम आईतबार धुँवाकाेटमा सम्पन्न भएकाे छ । नगरपालिकाकाे वडा नं ७, ८ र ९ लाई लक्षित गरि सार्वजनिक सुनुवाइ कार्यक्रमकाे आयोजना गरिएको नगरपालिका प्रमुख विवश चिन्तनले जानकारी दिनुभयाे ।
वडा नं ८ का वडाध्यक्ष हाेप बहादुर नेपालीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नगरपालिकाका मेयर विवश चिन्तनकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उप-प्रमुख बन्दना पाण्डे , प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारी , वडा नं. ९ का वडाअध्यक्ष भेजराज पाण्डे, नेपाली काँग्रेस पालुङटार नगर सभापति बिमल ढकाल , एमाले जिल्ला कमिटि सदस्य अमृत काराखेती , माओबादी केन्द्रका नगर अध्यक्ष सुमन आचार्य लगाएतले बिकासका लागि सबै एकजुट हुनु पर्नेमा जाेड दिनु भएकाे थियो ।

smart

चालू आव २०७९/०८० को प्रथम चौमासिक प्रगति समीक्षा, हालसम्म भए गरेका काम कारवाहीहरू, समस्याहरू, भावि योजनाहरूका बारेमा जानकारी गराउने र सेवा प्रवाहको गुणस्तर र यसको प्रभावकारिता, जनताको सन्तुष्टि तथा आगामी दिनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सरोकारवालाहरूको सुझाव लिने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा स्थानीयले च्याङ्ली क्षेत्रलाई लिची पकेट क्षेत्रकाे रुपमा विकास गरि जुश प्रशाेधन केन्द्र बनाउनु पर्ने, पशु र कृषि शाखाले कृषककाे समस्या बुझी सहयाेग गर्नुु पर्ने , नगरपालिकामा प्रदेश स्तरीय अस्पताल बनाउनु पर्ने, स्वास्थ क्षेत्रकाे दरबन्दी तत्काल पूर्ति गर्नु पर्ने, एक विद्यालय एक नर्स कार्यक्रम लागू गर्न पर्ने, स्वस्थ्य ईकाइहरुमा ओैषधीकाे अभाव हुन नहुने, सवै वडाहरुमा तत्काल सचिवकाे ब्यवस्था गरिनु पर्ने, विद्युतका समस्या , भूमिहिनलाई लाल वितरणमा ढिलाइ भएकाे, ठेकेदारले याेजनाकाे काममा ढिलासुस्ती गरेकाे गुनासाे गरेका छन् । त्यसैगरी धुवाँकाेटमा प्रहरी चाैकीकाे स्थापना गरिनु पर्ने, सुरक्षा गस्ती बढाउनु पर्ने, खेलकूद गतिविधि बढाउनु पर्ने, नगर बस संचालन गर्नु पर्ने, जेष्ठ नागरिक र अपांगता परिचय पत्रकाे आधारमा यातायातमा भाडा नियम अनुसार छुट गरणन सहजिकरण गरिदिनु पर्ने, महिला समूहकाे भवन बनाउन बजेटकाे ब्यवस्था गरिनु पर्ने, सिद्धबाबाकाे धार्मिक स्थललाई विकास गरिनु पर्ने, एक वडा एक पानी पाेखरी, चाैतारी निर्माणमा जाेड दिनु पर्ने, समग्र पालिकालाई नमुना पालिकाकाे रुपमा विकास गर्नु पर्ने सहभागीले सुझाव दिएका छन् ।
नपाका मेयर विवश चिन्तनले कृषकलाई उत्पादनमा आधारित अनुदान कार्यक्रम लागू गरिने, वडालाई विभिन्न पकेट क्षेत्रकाे रुपमा विकास गरिने, पालिकालाई दूध र मासुमा आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गरिने, पालिका भित्रका मुख्य सडकहरुकाे ५ वर्ष भित्र स्तर उन्नति गरिने, जनताकाे समस्या समाधनमा नगरपालिका सधैं लागि पर्ने भन्दै प्रधानमन्त्री प्रचण्डकाे निर्वाचन क्षेत्र र उप-प्रधानमन्त्री नारायणकाजी श्रेष्ठको जिल्ला भएकाले पनि समृद्ध पालुङटार नगरपालिका निर्माण गर्न र समग्र पालिकालाई नमुनाकाे रुपमा विकास गर्न सहज हुने बताउँदै नगरबासीकाे साथ र सहयाेग अपरिहार्य रहेकाे बताउनु भयाे ।

Facebook Comments Box

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.