आँबुखैरेनी,१६ भदौ । दोस्रो आँबुखैरेनी साँस्कृतिक महोत्सव-२०७९ मुल समारोह समितिका संयोजक अभियान श्रेष्ठले विभिन्न रोगका कारण उपचारमा आर्थिक समस्या परेका व्यक्तिहरुलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । श्रेष्ठले महोत्सवमा एक कार्यक्रमका बीच आँबुखैरेनी-३ स्थित विगत २ बर्ष देखि ब्रेन ट्युमर बिरामी सगिना गुरुङको थप उपचारका लागि १५ हजार आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । यस्तै, युवा व्यवसायी तथा मिलन समाज युवा क्लबका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले आँबुखैरेनी-३ स्थित विगत १ बर्ष देखि दुबै मृगौला फेल भएका निराजन दर्लामीको थप उपचारका लागि १५ हजार आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । यसैगरी, इच्छाकामना गाउँपालिका निवासी कलेजोका बिरामी पुर्ण बहादुर गुरुङलाई १५ हजार आर्थिक सहयोग गरिएको हो । त्यसैगरी, आँबुखैरेनी-६ स्थित विगत ३ बर्ष देखि क्यान्सरका बिरामी यम बहादुर थापा र आँबुखैरेनी-६ स्थित दुबै मृगौला फेल भएका टक बहादुर गुरुङको थप उपचारका लागि १५/१५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आर्थिक अभावका कारण उपचार नपाएका बिरामी, दिन दु:खी तथा समस्यामा परेकालाई सक्दो सहयोग गर्ने र कोहि कसैलाई सहयोग चाहिएमा सम्पर्क गर्न श्रेष्ठले सबैसँग आग्रह गर्नुभएको छ ।
श्रेष्ठद्वारा पुनः उपचारका क्रममा आर्थिक समस्यामा परेकाहरुलाई ७५ हजार आर्थिक सहयोग हस्तान्तरण ।।
Facebook Comments Box