भाद्र २५ गते ‘लिगलिगकोट–सिरानचोककोट–गोरखा दरबार म्याराथुन दौड प्रतियोगिता’ २०७९ हुने

गोरखा २, भदौ ।

नेपाल एकिकरणको ऐतिहासिक महत्व बोकेका पदमार्गको सरंक्षण, प्रर्बद्धन र प्रचार–प्रसारका लागी ‘लिगलिगकोट–सिरानचोककोट–गोरखा दरबार म्याराथुन दौड प्रतियोगिता’ २०७९ हुने भएको छ । गोरखा जिल्ला भित्रका ३ स्थानीय तह र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा ऐतिहासिक महत्व बोकेको लिगलिगकोटदेखि सिरानचोककोट हुदै गोरखा दरबारसम्मको ४० किलोमिटर लामो रुटमा म्याराथुन दौड प्रतियोगिता आयोजना गरिएको गोरखा नगरपालिकामा नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

गोरखा सदरमुकाममा आज गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र रिपुमर्दन गणले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी तत्कालिन राजा द्रव्यशाहले गोरखा राज्याभिषेक गरेको दिनको अबसर पारेर यहीँ भाद्र २५ गते गोरखामा दौड प्रतियोगिताको आयोजना गरेको जानकारी दिएको हो ।

दौड प्रतियोगिता लिगलिगकोटदेखि सिरानचोक गाउँपालिकाको चित्रेपोखरी, गोरखा नगरपालिकाको छेवेटार हुदै रामशाहको चौताराबाट गोरखा दरबारसम्म पुगेर समापन हुने नगरप्रमुख रानामगरले जानकारी दिनुभयो । नेपाल एकीकरणको उद्गमस्थलको रुपमा रहेका ऐतिहासिक स्थलको जगेर्ना गर्दै पर्यटन प्रर्वद्धनमा समेत सहयोग पु¥याउने उद्देस्यले प्रतियोगिता गर्न लागिएको उहाँको भनाई छ ।

जिल्ला भित्रका तीन स्थानियतहमा पर्ने ऐतिहासिक महत्व बोकेका स्थलहरुलाई जोडेर दौडका लागी रुट तय गरेको सेनानी प्रकाश परियारले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेदेखि १० औं स्थानसम्मका बिजेताहरुलार्ई नगद र मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको पालुङटार नगरपालिकाका नगरप्रमुख बिबस चिन्तनले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने प्रतियोगिले १ लाख ५० हजार नगद पुरस्कार पाउने छन् भने द्धितिय र तृतिय हुनेले क्रमश १ लाख र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो । त्यस्तै प्रतियोगितामा चौथो, पाँचौ, छैठौ, सातौ, आठौ, नवौ र दशौं हुनेलाई क्रमश.५० हजार, ३५ हजार, ३० हजार, २० हजार, १५ हजार र १० हजार सहित नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने प्रमुख चिन्तनले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागी तीन पालिका र नेपाली सेनाको रिपुमर्दन गणले खर्चको व्यवस्थापन गर्नेछ । नेपाली सेनाको पहलमा बि.स २०७६ सालदेखि सुरु भएको प्रतियोगिता हरेक बर्ष गर्ने भनिएको भएपनि कोभिडका कारण गएको २ बर्ष सञ्चालन हुन सकेको थिएन ।

दौड प्रतियोगिता हुने ऐतिहासिक रुटलाई पदमार्गको रुपमा विकास गर्ने योजना रहेको सिरानचोक गाउँपालिका प्रमुख ज्ञानेन्द्र गुरुङको भनाई छ । प्रतियोगितामा करिब ३ सय जना धाबक सहभागी हुने अनुमान गरिएको छ । सहभागिताका लागि अनलाईन मार्फत समेत फारम दर्ता गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाकी उपप्रमुख सपना पुन लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.