सबैकाे तलब बढ्याे सामुदायिक सिकाइ केन्द्रका कर्मचारीलाइ सरकारले चिनेन

नेपाल सरकारले हालसालै गरेकाे बजेट भाषणबाट सबै कर्मचारीहरूकाे तलब १५ प्रतिशतले बृद्दि गरेकाे छ तर देशभर सामुदायिक सिकाइ केन्द्रमा कार्यरत कर्मचारीकाे भने कतै सुनुवाइ हुन सकेन ।

स्थापना कालदेखि न्युन तलबमा काम गरिरहेका सिकाइ केन्द्रका कर्मचारीहरू (परिचालकहरू) काे तलबमा भने बृद्दी नहुँदा खिन्न भएका छन् ।

सबै कर्मचारी काे तलब बृद्धी हुँदासमेत सिकाइ केन्द्रकाे कुरा कतैबाट  नउठाउँदा अब अान्दाेलनकाे तयारी गर्नुपर्ने सिकाइ केन्द्रमा कार्यरत कर्मचारीहरूले बताएका छन् ।

सिकाइ केन्द्रले नेपाल सरकारकाे अधीनमा रही साक्षरता, साक्षराेत्तर, निरन्तर कक्षा लगायत सीपमूलक तथा अायअार्जनका क्षेत्रमा समेत अनाैपचारिक बिद्यालयकाे रूपमा कार्य  गर्दै अाइरहेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.