पालुङटार ९ मा वडा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगिता सुरु

माघ १६ गते

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ९ मा वडा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ।

पालुङटार नगरपालिका वडा नम्बर ९ को कार्यालय द्वारा विनियोजित बजेटबाट त्रिवेणी माध्यमिक विद्यालयको आयोजनामा शिक्षक भलिबल प्रतियोगिता सुरु भएको हो। सहिद दिवसको अवसर पारेर सुरुवात गरिएको यस खेलमा नगरपालिका भित्रका १० वटा विद्यालयहरूको सहभागिता रहेको छ। उद्घाटनको पहिलो दिन १६ गते सञ्चालन भएको खेलमा चार खेल सम्पन्न भएका छन्। जसमध्ये पहिलो खेल जीवन ज्योति मावि र अन्नपूर्ण मावि बीच भएको थियो। जसमा अन्नपूर्ण मामिला हराउँदै जीवन ज्योति माविले जित हासिल गरेको थियो। त्यस्तैगरी दोस्रो खेल त्रिवेणी मावि र अमर ज्योति जनता मावि बीच भएको थियो भने अमर ज्योति जनता माविले जितेको थियो। त्यस्तै तेस्रो खेलमा लक्ष्मी मावि र अकला मावि बीच भएको थियो भने लक्ष्मी माविले जित हासिल गरेको थियो। त्यस्तैगरी हिजो भएको अन्तिम अर्थात् चौथो खेलमा ठाटीपोखरी बाल ज्योतिलाई पछि पार्दै धर्मोदय माविले जित हासिल गरेको थियो।

पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले प्रमुख अतिथिको रूपमा बोल्दै खेललाई मर्यादित र अनुशासित बनाउनुपर्ने बताउनुभएको थियो। सोही क्रममा उहाँले एम्पायरलाई बल हस्तान्तरण गरेर र सहिदहरु को फोटोमा मल्यार्पण गरेर खेलको शुभारम्भ गर्नुभएको थियो। आयोजक त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशराज सेडाईले स्वागत मन्तव्य राख्नुभएको उक्त उद्घाटन कार्यक्रममा पलङ्टार नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेषराज पाण्डेले शिक्षकहरूको भेटघाटको अवसर र मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ शिक्षक भलिबल प्रतियोगिताको लागि बजेट छुट्याएको बताउनुभएको थियो। आफ्नो कार्यकालभरि यस खेललाई निरन्तरता दिने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक गोकुल थापा र शिक्षक अमर गैरेले सञ्चालन गर्नुभएको थियो/

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.