गाेरखा, फागुन २४
गाेरखाकाे छेवेटारमा एन्फा गाेरखाकाे अायाेजनामा सञ्चालित जिल्ला लिग फुटबल प्रतियाेगितामा अाज ३ खेल सम्पन्न भएका छन् ।
जसमध्ये पहिलो खेलमा सतिपिपल क्लवले बौद्ध हिमाल क्लव पालुङटारलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।
दोस्रो खेलमा दि गुर्खाज युनाईटेड पाटेचौरले मस्र्याङ्दी क्लव पालुङटार लाई २–० गोल अन्तरले पराजित गरेको गरेकाे थियाे। त्यस्तै अाजकाे अन्तिम खेल सुर्योदय युवा क्लव छेपेटार र च्याङली स्पोटर्स क्लव बिच भएको थियो । उक्त खेलमा ३–२ गोल अन्तरले सुर्योदय बिजयी बन्यो ।
बुधवार १ बजे तालदेवी युवा क्लव र चेपे आदर्श क्लव पालुङटार बिच पहिलो खेल हुनेछ भने दोस्रो खेल हरमटारी क्लव र आदर्श युवा क्लव बिच हुने एन्फाले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा एन्फा गोरखामा आवद्ध ११ क्लव बीच लिग प्रणालीमा खेल चलिरहेको छ । चैत ५ गतेसम्म गोरखा लिग फुटबल प्रतियोगिता चल्ने एन्फाले जनाएको छ । प्रतियोगितामा बिजेतालाई नगद एकलाख र उपबिजेतालाई नगद ५० हजार पुरस्कार प्रदान गरिने एन्फा गोरखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । कोभिडका कारण २०७६ पछि गोरखामा लिग फुटबल गर्न नसकिएको एन्फाले जनाएको छ ।