गाेरखा,
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ खाेलाघाटमा रहेकाे मंगलेश्वर महादेव मन्दिरमा सञ्चालन भइरहेकाे सप्ताह ज्ञान महायज्ञकाे अाज छैटाैं दिन बिबिध झाँकीहरूसहित कथा बाचन गरिएकाे थियाे ।
मंगलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिकाे अायाेजनामा सञ्चालित सप्ताह ज्ञान महायज्ञकाे झाँकी प्रस्तुत गर्ने क्रममा मामाले अाफ्नाे भाञ्जालाइ यज्ञमा बाेलाइ मार्ने याेजना बनाएक थिए । उनले गेटमा बलिया र बहादुर दुइ याेद्दाहरूलाइ राखेक थिए तर उनीहरूलाइ समेत मारेर यज्ञमण्डपमा प्रवेश गरेका भान्जा कृष्णले अाफ्ना मामासँग युद्ध गरेर मामालाइ मारेपछि रूवाबासी चलेकाे चलेकाे थियाे । दिनभरकाे कथाश्रवणपछि यस्ताे दृश्य देखेका भक्तजनहरू भने निकै खुशी देखिन्थे ।
गत फागुन १५ गतेदेखि साे स्थानमा निरन्तर रूपमा सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेकाे छ । युवा प्रखर बाचक पंडित माधव कृष्ण महाराज ज्यू काे मुखारबृन्दबाट बाचन भइरहेकाे छ । महायज्ञमा हालसम्ममा करीब ८ लाख उठेकाे र महायज्ञ अवधिभरमा उठेकाे रकमबाट मन्दिरकाे भाैतिक निर्माण तथा पर्यटकीय रूपमा बिकास गराउने कार्यमा खर्च गरिने अायाेजकले जनाएका छन् ।