जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरी कर्मचारी मध्ये उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने गरिएकोमा माघ महिनामा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीको रुपमा यस जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी जवान घनश्याम ज्ञवालीलाई पुरस्कृत गरिएको छ । कार्यालयको कर्मचारी प्रशासन, प्रशासन, तालिम तथा सूचना प्रविधि शाखा तर्फ आफुलाई तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रही उत्कृष्ट ढंगबाट व्यवसायिक सुझबुझका साथ कर्तव्यनिष्ठ भई शाखाको अभिलेख दुरुस्त रुपमा राख्न सफल हुनुका साथै तालुक कार्यालय तथा मातहत कार्यालय बिच प्रशासनिक कार्यमा सु-सम्बन्ध राख्न सफल भएको साथै निजलाई तोकिएको जिम्मेवारी ईमान्दारी, वफादारीका साथ त्रुटी रहित तवरले विभागीय नीति निर्देशन अनुरुप कुशलता पुर्वक कार्य सम्पादन गर्दै आई रहेकोले प्रहरी जवान घनश्याम ज्ञवालीलाई पुरस्कृत गरिएकाे कार्यालयले जनाएकाे छ । २०७८।११।०८ गते एक कार्यक्रममा बीच निजलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले प्रोत्साहन स्वरुप अभिलेखमा जनिने गरी नगद रु.१,०००।– (एक हजार ) पुरस्कार सहित २०७८ साल “माघ” महिनाको उत्कृष्ट प्रहरी (Best Police Of The Month) घोषणा गर्नुभएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी जवान ज्ञवाली माघ महिनाकाे उत्कृष्ट प्रहरी घाेषित
Facebook Comments Box