पालुङटार २ काे एकल महिलाकाे अध्यक्षमा तिलु शाह चयन

पालुङटार, माघ २६

पालुङटार नगरपालिका वडा नं २ मा मानवअधिकारका लागि महिला एकल महिला समुह गठन गरिएकाे छ  ।

जसकाे अध्यक्षमा तिलु शाह चयन हुनुभएकाे छ । त्यस्तै समितिकाे उपाध्यक्षमा तारा ढकाल, काेषाध्यक्षमा तेजुमाया राना र सचिवमा बिपना ठकुरी रहेका छन् । त्यस्तै समितिका अन्य सदस्यहरूमा कालीमाया बलकाेटी, रामप्यारी परियार,नानुमाया श्रेष्ठ, कमला श्रेष्ठ, काैशिला मरहट्टा, शारदा के.सी., राममाया अच्छामी, विष्णुमाया अधिकारी, देउमाया न्याैपाने, पार्वती अच्छामी र पितामाया अधिकारी   रहेका छन् ।

वडा नं. २ काे वडा कार्यालयमा सम्पन्न भएकाे साे कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा जिल्ला समन्वय समितिका सदस्य इन्द्रा गुरूङले मन्तव्य राख्नभएकाे थियाे भने  वडा नं. २ का वडाध्यक्ष लाेकनाथ वाग्ले ले बिशेष  अतिथिकाे रूपमा मन्तव्य राख्नुभएकाे  थियाे ।  त्यस्तै गरी कार्यक्रममा मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी सल्लाहाकार कुमारी गुरूङ, पालुङटार नगरपालिका वडा नंं ७ की वडा सदस्य भगवती कुमाल लगायतकाले मन्तव्य राखेका थिए ।

गाेरखा जिल्लाकाे ९४ वटै वडामा समूह गठन गर्ने याेजना रहेकाे र यसअघि जिल्लाकाे अजिरकाेट र सिरानचाेक गाउँपालिकामा यसअघि नै समूह बनाइसकिएकाे मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी अध्यक्ष एवं केन्द्रिय सदस्य मिना अधिकारीले जानकारी दिनुभएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.