वडा नं. १० काे एकल महिला अध्यक्षमा पार्वती गिरी चयन

पालुङटार, माघ २५

पालुङटार नगरपालिका वडा नं. १० मा मानवअधिकारका लागि महिला एकल महिला समुह गठन गरिएकाे छ  ।

जसकाे अध्यक्षमा पार्वती गिरी चयन हुनुभएकाे छ । त्यस्तै समितिकाे उपाध्यक्षमा विन्दा दवाडी, काेषाध्यक्षमा निता लामा र सचिवमा सिता कुँवर  रहेका छन् । त्यस्तै समितिका अन्य सदस्यहरूमा सुजना बानिया, संगिता राइ कुँवर, सीता भारती, सुसिला शारू र इन्द्र कुमारी भट्ट  रहेका छन् ।

वडा नं. १० काे वडा कार्यालयमा  एकल महिला सीता कुँवरकाे अध्यक्षतामा सम्पन्न भएकाे साे कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा जिल्ला समन्वय समितिका सदस्य इन्द्रा गुरूङले मन्तव्य राख्नभएकाे थियाे भने  वडा नं. ९ का वडाध्यक्ष भेजराज पाण्डे ले बिशेष  अतिथिकाे रूपमा मन्तव्य राख्नुभएकाे  थियाे ।  त्यस्तै गरी कार्यक्रममा मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी सल्लाहाकार कुमारी गुरूङ, पालुङटार नगरपालिका वडा नंं ७ की वड सदस्य भगवती कुमाल लगायतकाले मन्तव्य राखेका थिए । गाेरखा जिल्लाकाे ९४ वटै वडामा समूह गठन गर्ने याेजना रहेकाे र यसअघि जिल्लाकाे अजिरकाेट र सिरानचाेक गाउँपालिकामा यसअघि नै समूह बनाइसकिएकाे मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी अध्यक्ष एवं केन्द्रिय सदस्य मिना अधिकारीले जानकारी दिनुभएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.