बाँके जिल्लामा ११ बर्ष अगाडी युवकको अपहरण गरी हत्या गरेको मुद्दाका फरार प्रतिवादी गोरखाबाट पक्राउ

गाेरखा, माघ २२

गाेरखाकाे गाेरखा नगरपालिका वडा नं. ६ स्थित पाटेचाैर बाट बाँकेका एक युवालाइ ११ बर्ष पहिले अपहरण गरी हत्या अभियाेग लागेका युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाँके जिल्ला साबिक नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ हाल वडा नं. १० स्थायी बसाेबास भएका ३३ बर्षका साैभाग्य मल्ल रहेका छन् । निज मल्ललाइ साेही एरियमा लुकिछिपी बसेकाे भन्ने गाेप्य सूचनाका अाधारमा खाेजतलास गर्ने क्रममा पाटेचाैरबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यलय गाेरखाले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय गाेरखाले पक्राउ परेका मल्ललाइ अाजै जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिई आएको प्रहरी टोलीलाई जिम्मा लगाई पठाईएको बताएकाे छ ।

मल्ल २०६७।१०।०३ गते जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ बस्ने बर्ष २१ को हिमाल बुढालाई सोही स्थानबाट अपहरण गरी साबिक जिल्ला बाँके नौबस्ता-४ मा लगी हत्या गरी मारेको, अपहरण गरी कर्तव्य ज्यान मुद्दामा घटना पश्चात हाल सम्म फरार रहेका थिए ।

मल्ल घटना पश्चात भागी भारतमा लुक्दै बस्दै आएका, निजले आफ्नो नेपालमा रहँदाको परिचय समेत परिवर्तन गरी जगदिश
सिंहको परिचय बनाई भारतको साकेतनगर रुपैडिया केवलपुर बहराईज, उत्तर प्रदेश ठेगानाको आधार कार्ड बनाई भारतमै घर समेत बनाई रहँदै आएको र निज पहिलो पटक ४ बर्ष अगाडी काठमाण्डौ सम्म आएको प्रहरी अनुसन्धानबाट खुलेकाे जनाइएकाे छ । उनी  हाल।गोरखामा रहेको आफ्नो मामाघरमा आएको भन्ने गोप्य सूचनाको आधारमा निगरानी गरी निजलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.