कैलाली ।
डडेल्धुरामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको पहिरोमा पुरिएर ज्यान गएको हो ।
घरमाथिबाट आएको पहिरोमा पुरिएर उनको मृत्यु भएको हो । यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी २ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयकाका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले जानकारी दिनुभयाे।
घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको चन्दले बताए। बाढी र पहिरोबाट ठुलो क्षति हुन नदिन सबै सुरक्षा निकाय लागिरहेको समेत उहाँले जानकारी दिनुभयाे ।