लक्ष्मी मा.वि.काे व्यवस्थापन समितिमा कमला बि.क.

असाेज २०, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिकाे वडा नं. ६ मा रहेकाे लक्ष्मी माध्यमिक विद्यालयकाे व्यवस्थापन समितिकाे अध्यक्षमा कमला बि.क. चयन हुनुभएकाे छ ।

वडा नं. ६ का वडाध्यक्ष गाेविन्द बराकाेटीकाे सभापतित्व र पालुङटार नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम काराखेतीकाे प्रमुख अातिथ्यतामा अाज सम्पन्न अभिभाववकहरूकाे भेलाले विद्यालय व्यवस्थापन तथा शिक्षक अभिभावक संघ समेत गठन गरेकाे हाे ।

नवगठित विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरूमा लक्ष्मण नेपाली, ज्ञानेन्द्र बि.क., कल्पना पाण्डे रहेका छन् । समितिकाे शिक्षक प्रतिनिधीमा काजीबाबु खनाल रहनुभएकाे छ भने सदस्य सचिवमा प्रधानाध्यापक टीकाराम श्रेष्ठ रहनुभएकाे  छ ।

त्यस्तै गरी साेही भेलाले नीर बहादुर अालेकाे अध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेकाे छ । जसकाे सदस्यहरूमा उषा परियार, देवेन्द्र विक्रम शाह, शर्मिला नेपाली, शकुन्तला परियार र प्रमिला बि.क. रहेका छन भने शिक्षक प्रतिनिधीमा एक बहादुर परियार रहनुभएकाे छ । समिति गठन प्रक्रियामा प्रेम बहादुर खत्रीले सहजीकरण गर्नुभएकाे थियाे ।

भेलामा साेही बिद्यालयका पूर्व प्रधानाध्यापक भूमिनारायण मल्ल, पूर्व विद्यार्थी निर्मला मल्ल लगायतकाले मन्तव्य राखेकाे विद्यालका शिक्षक रमेश राेकाले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.