मानव सेवा आश्रमलाई सिभिल बैंक लिमिटेडको १ लाख सहयोग

मानव सेवा आश्रम लमजुङलाई सिभिल बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ ।

बेंसीशहर नगरपालिका ७ हाईस्कुल चोकमा भाडामा सञ्चालित मानव सेवा आश्रम (मानवता प्रवद्र्धन महा–अभियान) शाखा कार्यालय लमजुङको भवन निर्माणका लागि बैंकले १ लाख रुपियाँ सहयोग गरेको हो । बुधबार एक कार्यक्रमकाबीच १ लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गरिएको छ । सिभिल बैंक लिमिटेड बेंसीशहर शाखाका प्रबन्धक जुननारायण श्रेष्ठ र सहायक प्रबन्धक अभिषेक घलेले मानव सेवा आश्रमको भवन निर्माण समितिका अध्यक्ष लिलाबहादुर रिमाल र भौतिक विकास प्रवद्र्धन परिवारका संयोजक एवं संविधान सभा सदस्य जमिन्द्रमान घलेलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमको भवन निर्माणमा सहयोग गरेको बेंसीशहर शाखा प्रबन्धक जुननारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बैंकले समाजका लागि काम गर्दै आएको र यसबर्ष सडक मानवका लागि सहयोग गरेको बताउनुभयो । सडक मानवका लागि निर्माण थालिएको भवनका लागि बैंकको तर्फबाट सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । सडक मानवलाई उद्दार गरी आश्रय दिइरहेको आश्रमका लागि आगामि दिनमा पनि सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । सडक मानवको आश्रयका निम्ति सहयोग गरेको र यसले उनीहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । आश्रमले बेसहारा, अनाथ, मानसिक सन्तुलन गुमाएका व्यक्तिका निम्ति अभिभावकको काम गरेर उदाहरणीय काम गरेको बताउनुभयो । उहाँका अनुसार बैंक यसअघि पनि आश्रमका लागि २० हजार रुपियाँ सहयोग गरेको थियो ।

भवन निर्माण समितिका अध्यक्ष लिलाबहादुर रिमालले भवन निर्माणमा इट्टा थप्ने काम गरेको भन्दै बैंक परिवारलाई धन्यवाद दिनुभयो । उहाँले मानवीय सेवाका लागि गरेको सहयोग प्रति आभार व्यक्त गर्नुभयो । आश्रमसंग निरन्तर जोडिन पनि अनुरोध गर्नुभयो । आश्रमकी संयोजक अनिता अधिकारीले अव्यवस्थित सडक मानवमुक्त नेपाल निर्माण एवं मानवता प्रवद्र्धन महाअभियानकै रुपमा मानवसेवा आश्रमले आफ्नो मानवीय सेवाको कार्यलाई राष्ट्रिब्यापी बनाउने लक्ष्य लिएको बताउनुभयो । आफुहरुको अभियानलाई बैंकले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । मानवीय सेवा कार्यलाई थप सरल र सहज बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै बैंक परिवारलाई कृतज्ञता ज्ञापन पत्र समेत प्रदान गरिएको छ । उक्त पत्र भवन निर्माण समितिका अध्यक्ष रिमालले बैंकका शाखा प्रबन्धक श्रेष्ठलाई प्रदान गर्नुभएको थियो ।

भवन निर्माणका लागि बेंसीसहर नगरपालिका वडा नं. ९ पाखाथोकमा ५ रोपनी जग्गा दान गर्ने बाल सपना समाजका अध्यक्ष डा. बालकृष्ण बरालले भवन निर्माण अभियानमा सबैले सहयोग गर्न अनुरोध गर्नुभयो । सडक मानवका निम्ति, सडक मानव मुक्त समाज, जिल्ला र राष्ट्रका निम्ति सबैको उत्तिकै महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा भवन निर्माण समितिका उपाध्यक्ष बलराम खत्री, बेंसीशहर नगरपालिका ९ का अध्यक्ष सरद बराल, भवन निर्माण समितिका सदस्य गोविन्द्र खत्री, खिमबहादुर घिमिरे, किसान संगित नेपाली, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारीलगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण मानव सेवा आश्रमकी संयोजक अनिता अधिकारीले गर्नुभएको थियो ।

मानव सेवा आश्रममा हाल ३० जनाले आश्रय लिइरहेका छन् । महिला १३ जना, पुरुष १४ जना र ३ जना बालबालिका छन् । मानव सेवा आश्रमले १३ रोपनी जग्गामा भवन निर्माण सुरु गरेको छ । २० करोडको लागत अनुमानमा मनोरम बाल उधान, खुल्ला व्यायम शाला, योग साधना हल, जेष्ठ नागरीक मनोमंजन केन्द्र र सुविधा सम्पन्न बाल मैत्री तथा जेष्ठ नागरिक मैत्री मानवसेवा आश्रमको आफ्नै भवन निर्माण हुँदैछ । १ सय ५० जनाको आवासिय सेवा प्रदान गर्ने गरी ४० कोठाको भवन बन्ने छ । वि.स. २०६९ सालदेखी मानव सेवा आश्रमले सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडक आश्रित मानवहरुको मानवोचित (उद्धार, उपचार, परामर्श, पालनपोषण, पारिवारिक पुनर्मिलन र पुनर्मिलन हुन नसक्नेहरुको लागि लौरी स्वरूपको सहारा बन्दै आएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.