गाेरखाका स्थानीय निकायहरूमा नेपाली कांग्रेसकाे निर्वाचनः कहाँ काे बन्याे सभापति हेर्नुहाेस्

चौधौँ महाधिवेशनको तयारी गरिरहेको नेपाली काङ्ग्रेसले गोरखाका सबै नगर तथा गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको छ । शनिबार एकैचोटि सम्पन्न अधिवेशनले नगर तथा गाउँ कार्यसमितिको नेतृत्व चयन गरेको छ ।

अधिवेशनले छ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको हो भने पाँचवटा पालिकामा मतदान प्रक्रियाद्वारा नेतृत्व चयन गरेको हो ।
पार्टी स्रोतबाट प्राप्त जानकारी अनुसार चुमनुब्री गाउँपालिका कार्यसमितिको सभापतिमा सूर्य गुरुङ सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षहरुमा वीरबहादुर लामा(सामा) र कल्यान छेवाङ लामा(बिही) सर्वसम्मत भएका छन् । सचिवमा सोनाम धार्के लामा(छेकम) र सोनाम लामा(चुम्चेत) चयन भएका सभापति गुरुङले जानकारी दिए ।

धार्चे गाउँपालिका कार्यसमिति सभापतिमा सन्तोष गुरुङ सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा दीपक गुरुङ र आशबहादुर घले सर्वसम्मत चयन भएका छन् । सचिवमा वुद्धिराज गुरुङ र सागर गुरुङ सर्वसम्मत चयन भएका सभापति गुरुङले जानकारी दिए ।
आरुघाट गाउँपालिकाको सभापतिमा राजु गुरुङ सर्वसम्मत चयन भएका छन् । उपसभापतिहरुमा कृष्णप्रसाद श्रेष्ठ र यमबहादुर कार्की सर्वसम्मत भएका छन् । सचिवमा विशाल गुरुङ र एकदत्त खनाल चयन भएका पार्टीका जिल्ला सचिव पूर्ण दाहालले जानकारी दिए ।

शहीदलखन गाउँपालिकाको सभापतिमा काशीनाथ अम्गाई सर्वसम्मत चयन भएका छन् । उपसभापतिहरुमा ध्रुव पोखरेल र टेकबहादुर गुरुङ र सचिवहरुमा चेतबहादुर थापा. र बासु रेग्मी सर्वसम्मत चयन भएका छन् ।

अजिरकोट गाउँपालिकाको सभापतिमा जंगबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । सचिवहरुमा चीरञ्जिवी धिताल र कृष्ण घले सर्वसम्मत चयन भएका छन् । उपसभापति, सहसचिव र कोषाध्यक्ष भने आइतबार चयन गर्ने गरी स्थगित गरिएको सभापति गुरुङले जानकारी दिए ।

गण्डकी गाउँपालिकाको सभापतिमा होमबहादुर राना सर्वसम्मत चयन भएका छन् । सचिवहरुमा कृष्ण सापकोटा र नवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

suvakamana

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.