गोरखाको एपोलो अस्पतालमा बिरामीको मृत्यूपछि आफन्त आन्दोलित

गोरखाको एपोलो हस्पिटल प्रालीमा उपचाररत बिरामीको मृत्यू भएपछि आफन्त आन्दोलित भएका छन् । गोरखा नगरपालिका ६ बसपार्कका ५६ वर्षिय टोपमान बिकको उपचारको क्रममा आज बिहान ५ः३० बजे मृत्यू भएको हो ।

शुक्रवार राती कबिर ८ बजे पेट दुखेपछि हिँडाएर अस्पताल लगिएको मृतकका जेठो छोरा शुर्यबहादुर बिकले बताए । ‘डाक्टरले हेर्दै नहेरी नर्शलाई इन्जेक्सन मात्र दिन भन्नुभयो, लापर्वाहीले बुबाको मृत्यू भयो’ उनले भने । अस्पताल जस्तो संवेदनशिल ठाउँमा बिरामीको उपचारमा हेलचेक्राई गरेको भन्दै मृतकका आफन्तले चिकित्सकलाई कारवाही सहित क्षतीपूर्ती दिनुपर्ने माग राखेका छन् । शनिवार बिहानै देखि मृतकका आफन्तले अस्पताल घेराउन गरेका छन् ।

यता अस्पताल प्रशासनले भने मृतकका आफन्तको आरोपको खण्डन गरेको छ । अस्पतालका प्रमुख डाक्टर सन्तोष मास्केले डाक्टरको निग्रानीमा नै उपचार भएको बताए । ‘दम र सुगरको बिरामी भएको, ग्यास्टिकको समस्या देखिएको र ग्यास्टिकको औषधी प्रयोग गरेपछि राती नै निको भएको थियो’ उनले भने ‘हृदयघातका कारण उहाँको मृत्यू भएको हो, उपचार नपाएर लापर्वाही भएर होईन ।’

डाक्टर चैतबहादुर रानाले बिरामीलाई नियमित निग्रानी गरेर उपचार गरेकाले लापर्वाही नभएको दावी अस्पतालको छ । २ बजे इन्जेक्सन लगाएर निको भएका बिरामीलाई निग्रानीका लागि अस्पतालमा राखिएको र बिहान पाँच बजे हृदयघातका कारण मृत्यू भएको चिकित्सकले बताएका छन् । आफन्तले अस्पताल घेरेपछि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.