तासको खालबाट ठूलाे परिणाममा नगद सहित ८ जना पक्राउ ः नामावलीसहित हेर्नुहाेस काे काे परे

गोरखा, १६ भदौं ।

गोरखा सदरमुकाममा तासको खालबाट नगद सहित ८ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–६, स्थित हरमटारी बजार नजिकै रेडक्रस मार्गमा तास खेलिरहेका बेला उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

प्रहरीले तासको खालबाट २ लाख २८ हजार ७३० रुपैया समेत बरामत गरेको उहाँले बताउनुभयो । स्थानिय गणेश श्रेष्ठको घरमा जुवातास खेली होहल्ला गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा गोरखा नगरपालिका वडा नम्बर ८ घर भएका ३५ बर्षको बुद्धि घले, ४४ बर्षका बसन्तकुमार गुरुङ, वडा नम्बर ६ का ३१ बर्षका राम गुरुङ, ४९ बर्षका भरत श्रेष्ठ पक्राउ परेको डिएसपी दाहालले जानकारी दिनुभयो ।
पक्राउ पर्ने अन्यमा सिरानचोक गाउँपालिका वडा नम्बर ६ घर भएका धिरज गुरुङ, २८ बर्षका सबिन गुरुङ, अजिरकोट गाउँपालिका–४, का ४४ बर्षका सुके भनिने धनबहादुर गुरुङ, धार्चे गाउँपालिका–२, का २९ बर्षका समिर गुरुङ रहेको उहाँले बताउनुभयो । प्रहरीको खानतलासीको क्रममा ४  बुक तास , तास खेल्न प्रयोग भएको निलो बुट्टे रंगको गलैचा १ थान, रातोमा कालो रंगको धर्का भएको कम्बल १ थान समेत बरामद गरेको डिएसपी दाहालको भनाई छ ।

उनिहरु विरुद्ध मुलुकी अपराध संहिता (२०७४) बमोजिम जुवा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.