च्याङलीमा कुमाल संग्रहालयकाे शिलान्यास

२९ साउन, गाेरखा ।

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङलीमा अाज कुमाल संग्रहालयकाे शिलान्यास गरिएकाे छ ।

नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेलकाे प्रमुख अातिथ्यतामा गरिएकाे शिलान्यास कार्यक्रममा बाेल्दै नगरप्रमुख कंडेलले संग्रहालयकाे निर्माणमात्र ठूलाे कुरा नभइ दिर्घकालसम्म टिकाउ र बिकाउमा ध्यान दिनुपर्ने बताउनुभयाे । शिलान्यास गर्दै कंडेलले यस स्थानमा निर्माण गरिने संग्रहालय पालुङटारका कुमालमात्रकाे नभइ सम्पूर्ण नेपालभरिका कुमालहरूकाे पहिचान र अन्य जातिकाे समेत सान भएकाे बताउनुभयाे । निर्माण गरिने उक्त सँग्रहालयमा कुमाल सहित अन्य जातिकाे समेत पहिचान झल्कने सामग्रीहरू पनि समाबेस गरिनुपर्ने बताउनुभयाे । साथै यसलाइ एउटा अध्ययनस्थल बनाइ बिभिन्न स्थान तथा बिद्यालयहरूबाट बिद्यार्थीहरूलाइ ल्याएर अध्ययनकाे बातावरण बनाउन सकेमा धेरै महत्वपूर्ण हुने बताउनुभयाे । कुमाल हरुको भाशा, सस्कृती, परम्परा,मौलिकता,पहिचान,झल्कने खालको हुनु पर्नेमा उहाँकाे जाेड रहेकाे थियाे ।

साेही कार्यक्रममा बाेल्दै वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले संग्रहालय निर्माण गर्ने कार्य अति नै सराहनीय भएकाे र यस्ता कुरामा कसैले पनि राजनिती नगर्न समेत अाग्रह गर्नुभएकाे थियाे । विगत केही बर्ष अघिदेखि लगातार रूपमा नगरपालिकाबाट बजेट बिनियाेजन गरेकाे भएतापनि बिबिध कारणबस यसअघि काम हुन नसकेकाे उहाँले बताउनुभयाे ।

वडा नं. ७ का वडा सदस्य भगवती कुमालले संग्रहालय निर्माण कार्य अघि बढेकाेमा खुशी व्यक्त गर्नुभएकाे थियाेे । नेपाल कुमाल समाज सुधार वडा नं. ७ का सचिव चन्द्र कुमालले प्रदेशबाट पनि बजेट बिनियाेजन गरिएकाे र त्यसका लागि थप जग्गा अावश्यक पर्ने भएकाले जग्गा प्राप्तिकाे लागि पहल गरिदिन समेत अनुराेध गर्नुभएकाे थियाे ।

साे संग्रहालय निर्माणका लागि नगरपालिकाबाट यस बर्ष २० लाख बजेट बिनियाेजन भएकाे र साेही बजेटबाट कुमालहरूकाे पहिचानकाे रूपमा रहेकाे गाेलाेघर निर्माण कार्य शुरू भएकाे छ । त्यस्तै गरी साेही संग्रहालयकाे लागि गण्डकी प्रदेश सरकारले पनि ५० लाख बिनियाेजन गरेकाे बताइएकाे छ ।

पालुङटार नगरपालिकाकाे वडा नं. ७ मा ६० प्रतिशत भन्दा बढी कुमाल जातिकाे बसाेबास रहेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.