गोरखा
गाेरखा मा प्रहरीकाे सक्रियतामा गत अार्थिक बर्ष देखि श्रावण २५ सम्ममा करीब ९५ हजार बाेट गाँजा नष्ट गरिएकाे छ । जिल्लाभरका बिभिन्न प्रहरी युनिटकाे सहयाेगमा गाँजा नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।
प्रहरी कार्यालय गाेरखाले एक सूचना जारी गरी हालसम्म नष्ट गरिएकाे बिबरण समेत सार्वजनिक गरेकाे छ ।
साथै कहीँ कतै ठूलाे परिमाणमा गाँजाकाे बाेटहरू भएकाे स्थान पहिचान भएमा प्रहरी कार्यालयको हटलाईन नं. १०० र कन्ट्रोल रुमको माेवाइल नं. ९८५६०९०२५५ मा खबर गरी सहयाेग गर्न समेत जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणमा अपिल गरेकाे छ ।
आर्थिक बर्ष २०७७।०७८ मा लागु औषध गाँजाको बोटहरु नष्ट :-
क्रम संख्या | नष्ट गरिएको स्थान | नष्ट गरिएको अनुमानित जम्मा बोट | नष्ट कार्यमा खटिएका प्रहरी युनिट | कैफियत |
१ | गण्डकी गा.पा. ७ र ८ घ्याल्चोक | ४२,०१० | जि.प्र.का. गोरखा, र प्र.चौ. घ्याल्चोक | |
२ | गोरखा न.पा. ३ नारेश्वर | ४६,२०० | जि.प्र.का. गोरखा | |
३ | पालुङटार न.पा. ६ पौवाटार | १८५० | ई.प्र.का. ठाँटीपोखरी | |
४ | बारपाक सुलिकोट गा.पा. १ र २ बारपाक | ९६० | प्र.चौ. बारपाक | |
५ | शहिदलखन गा.पा. ९ नामजुङ | ९०० | प्र.चौ. बुङकोट | |
६ | अजिरकोट गा.पा. २ भच्चेक | ७८० | प्र.चौ. भच्चेक | |
जम्मा | ९२,७०० |
यस आर्थिक बर्ष २०७८।०७९ को श्रावण २५ गते सम्म लागु औषध गाँजाको बोटहरु नष्ट :-
क्रम संख्या | नष्ट गरिएको स्थान | नष्ट गरिएको मिति | नष्ट गरिएको अनुमानित जम्मा बोट | नष्ट कार्यमा खटिएका प्रहरी युनिट | कैफियत |
१ | गण्डकी गा.पा. २ याङदी | २०७८।०४।०१ | १८० | प्र.चौ. ताङलीचोक | |
२ | शहिदलखन गा.पा. १ लोपा | २०७८।०४।०८ | १५० | प्र.चौ. मनकामना | |
३ | धार्चे गा.पा. ४ लाप्राक | २०७८।०४।१३ | ६०० | प्र.चौ. बारपाक | |
४ | गोरखा न.पा. ४ ठुलो आँगन | २०७८।०४।१३ | ३०० | जि.प्र.का. गोरखा | |
५ | शहिदलखन गा.पा. २ ढाडबारी | २०७८।०४।१३ | २०० | प्र.चौ. मनकामना | |
६ | गोरखा न.पा. ६ स्थित पाटेचौर, ढाडगाउँ लगायत | २०७८।०४।१४ | ३०० | जि.प्र.का. गोरखा | |
७ | गोरखा न.पा. १३ रामशाह टोल | २०७८।०४।१८ | २०० | प्र.चौ. मझुवादेउराली | |
जम्मा | १९३० |