गोरखामा भूकम्प पश्चात भारत सरकारको सहयोग अन्र्तगतका निजी आवास पुनर्निर्माण सम्पन्न भएका घरको सम्पन्नताको प्रतिवेदन हस्तान्त्रण गरिएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले गोरखाको २ नगरपालिका तथा ६ गाँउपालिकामा निजी आवास पुनर्निर्माणका क्षेत्रमा सामाजिक प्राविधिक सहजिकरण गर्दै आएको आफ्नो कार्यक्षेत्रमा ९९ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भइ सकेको र निर्माण सम्पन्न भएका घरहरुको सम्पन्नता प्रतिवेदन सम्बन्धित पालिका मार्फत कार्यक्रम संचालन भएका ४२ वडाहरुमा हस्तान्त्रण गरेको छ । यस जिल्लामा कायम भएका लाभगाहीहरु मध्ये जम्मा २६,९१२ सुरक्षित आवास पुननिर्माणमा सहजिकरण गर्ने जिम्मा पाएको उक्त परियोजनाले हालसम्म २६,७५७ घरधनी एवम् सम्बन्धित पालिकालाई सम्पन्नताको प्रतविदेन हस्तान्त्रण गरेको छ । नेपाल आवास पुनर्निर्माण परियोजनाले आरुघाट गाँउपालिकामा १८३६ घर, अजिरकोटमा ९६१, धार्चेमा १९९१, गण्डकीमा २२६७, गोरखा नगरपालिकामा ६६८२, पालुंगटार नगरपालिकामा ७५१८, शहिदलखन गाँउपालिकमाा २०४० र सिरानचोक गाँउपालिकामा ३४६२ घर भुकम्प पश्चात निर्माण सम्पन्न भएको प्रतिवेदन पेश गरेको छ । भूकम्प प्रभावित घरधनीलाई भूकम्प प्रतिरोधी घरनिर्माण भएको प्रमाण स्वरुप सम्पन्नताको प्रतिवेदन दिईएको एवम् पालिकामा संस्थागत अभिलेखीकरण लागि सम्बन्धित पालिकामा समेत बुझाइएको परियोजनाका जिल्ला संयोजक घनश्याम खतिवडाले जानकारी दिनुभयो । पुनर्निर्माण सम्पन्नता प्रतिवेदन पालिकाहरु मार्फत सम्बन्धित वडा कार्यालयमा भूकम्प प्रतिरोधी घर निर्माण सम्पन्न भएको अभिलेखीकरण स्वरुप प्रतिवेदन बुझाइएको खतिवडाले बताउनुभयो । परियोजनाको सामाजिक प्राविधिक सहजिकरणमा सुरक्षित आवास निर्माण सम्पन्न भएको प्रतिवेदन भूकम्प प्रतिरोधी घर निर्माण भएको दस्तावेजका रुपमा रहने भएकाले यसको महत्वपुर्ण भूमिका रहको स्थानीय पालिकाका पदाधिकारीको भनाई छ । प्रशासनिक, सामाजिक एवम् प्राविधिक रुपमा सूक्ष्मस्तर सम्म गई सहजिकरण गरेर सम्पन्नता प्रतिवेदन बुझेको धार्चे गाँउपालिकाका अध्यक्ष सन्तोष गुरुंगले बताउनुभयो । यस्त, शहिदलखन गाँउपालिका अध्यक्ष रमेशबाबु थापा मगरले भन्नुभयो, ‘प्रतिवेदनले भूकम्प प्रभावित घरधनीलाई सुरक्षित आवास निर्माण गरेको प्रतिवेदनमा स्पष्ट रुपमा उल्लेख गरेकाले परियोजना भूमिकाको प्रशंसनीय रहेको छ’ । यस्तै, गोरखा नगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्ष डिल बहादुर थापा मगरले परियोजनाको सामाजिक प्राविधिक सहजिकरणले सुरक्षित आवास पुनर्निर्माणमा सहज भएको तथा सहजिकरणले किस्ता निकासा प्रक्रिया थप सहज भएको बताउनुभयो । सिरानचोक वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष गुरुंगले प्रतिवेदनमा सुरक्षित आवास सम्पन्न गरेको लाभग्राहीको विवरण विस्तृत रुपमा दिइएको बताउनुभयो ।
९९ प्रतिशत भूकम्प प्रभावित घरधनीको निजी आवास पुनर्निर्माण सम्पन्न, प्रतिवेदन हस्तान्तरण
Facebook Comments Box