जनताका गुनासो र बाढि पहिरोको क्षतिको असरको अबलोकन गर्दै गाउँ गाउँमा मन्त्री

 

आज गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रि माननीय हरिशरण आचार्यको प्रमुख आतिथ्यतामा गोरखा नगरपालिका वडा नं १३, बैटारीमा भएको कार्यक्रममा जनताका गुनासो, बाढि पहिरोको क्षतिको असरको अबलोकन गर्नुभएको छ । साथै हिजो विभिन्न पार्टीमा रहेर काम गर्नुहुने महानुभावहरुलाई उक्त पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा पार्टी सदस्यता प्रदान गरि गो न पा १३ र १४ का गोपाल पन्त, भरतबाबु संगौला, देउ ब मगर, केयरमान श्रेष्ठ, बिकास बस्नेत, नबिन बस्नेत , अर्जुन अधिकारी, सरोज अधिकारी लगाएतलाई पार्टी प्रवेश गराउनुभएको छ । गोरखा नगरपालिका वडा नं १३ स्थीत तल्लो पुरेन्डिहीमा आफ्नी ममतामयी आमा इन्दिरा नराल को कोभिडका कारण भएको असामयिक निधनप्रति माननीय हरि शरण आचार्यद्वारा भेटघाट गरी मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा सामाजिक हिसाबले चलेको चलन भन्दा माथि उठेर आमाको काज क्रिया गरिराख्नुभएका छोरीहरु अर्चना, अनुपा र आसिका लगाएत उहाँको श्रीमान गणेश नराल लगाएत शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र कोभिडका विरुद्ध मुकाविला गर्न सक्ने शक्ति प्राप्त होस भनि कामना गर्नुभएको छ। भेटमा उहाँले छोरीहरुले आमाको किरिया गरेर समाजमा छोरा छोरी एकै हुन् भन्ने सन्देश दिएको मन्त्री बताउनुभयो । मन्त्रि आर्चायले परिवारमा समवेदना प्रकट समाजमा यस्ता साहशी छोरीहरुको जन्म हुनुपर्ने बताउनुभयो । यसले छोरा छोरी बिचमा समाजमा रहेको बिभेदको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँहरुको उच्च प्रसंसा गर्नुभयो । गोरखा नगरपालिका १३ स्थित देउराली पुरण्डीमा स्थानीय इन्दिरा बरालको मृत्यु पश्चात उहाँकी ३ छोरीहरु किरिया बस्दै आएका छन । साथै पालुङ्टार वडा नं ९, स्थीत मदनेडाँडामा माविको पूरानो भवनको प्राङ्गणमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ उक्त कार्यक्रमका बीचमा १०१ जना द्वारा विभिन्न पार्टी काङ्ग्रेस र माओवादी पार्टी परित्याग गरी जनता समाजवादी पार्टी प्रवेश गर्नुभएको छ। माननीय मन्त्रि हरिशरण आचार्य द्वारा सम्पूर्ण पार्टी प्रवेश गर्नुहुनेहरुलाई अविर लगाउनुका साथै पुस्पगुच्छा दिएर स्वागत तथा बधाई ज्ञापन र शुभकामना व्यक्त गर्नु भएको छ। जनतालाई मलाइ भेट्न हजुरहरु पोखरा होइन म तपाईकै समस्यामा प्रत्यक्ष उपस्थित रहने र हातेमालो गर्दै समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.