गोरखामा चालु खर्चमा संघीय र पुँजिगत खर्चमा प्रदेश कार्यालय अगाडि

गोरखामा चालु खर्चमा संघीय र पुँजिगत खर्चमा प्रदेश कार्यालय अगाडि देखिएका छन् । संघीय सरकार माताहतका कार्यालयमा चालुखर्च ९० दशमलव ७० प्रतिशत भएको छ भने पुँजिगत खर्च ३४ दशमलव ३४ प्रतिशत छ ।चालु खर्चअन्र्तगत तलब भत्तामा धेरै बजेट रहेको हुन्छ । त्यो खर्च प्रतिशत पनि धेरै छ । पँुजिगत खर्चअन्तर्गत बिकास निर्माणका बजेट धेरै पर्छन् । त्यसतर्फको खर्च भने मुस्किलले ३५ प्रतिशतसम्म भएको पाइएको छ । कोभिड १९ को कारण पुँजीगत खर्च कम भएको कार्यालयहरु बताउँछन् ।आठअर्ब आठकरोड ४७ लाख ५९ हजार चालु खर्चमध्ये करिब ९१ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । तीन अर्ब ५८ करोड १४ लाख ५२ हजार मध्ये करिब ५३ प्रतिशत पुँजीगत खर्च भएको छ ।प्रमुख कोष नियन्त्रक नारायणदत्त शर्माले पुँजीगत खर्चमा प्रदेश अन्र्तगत बढि प्रगति रहेको बताए । गण्डकी प्रदेश सरकारको चालुतर्फ ५४ करोड सात लाख ५० हजार खर्च भएकोे छ । कुल बजेटको ७२ दशमलव ७६ प्रतिशत खर्चभएको हो । पुँजीगततर्फ दुई अर्व ८३ करोड ३७ लाख ३१ हजार खर्च भएको छ । यो कुल बजेटको ८८ दशमलब ४६ प्रतिशत हो ।आर्थिक वर्ष २०७७÷७८ मा संघीय सरकार अन्तर्गतको कार्यालयमार्फत गोरखाबाट ८५ करोड ४० लाख र प्रदेश अन्तर्गतबाट ८३ करोड ४४ लाख रुपैयाँ दाखिला भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले आर्थिक वर्ष सकिएसँगै २०७७÷०७८ को संघीय र प्रदेश मातहतका कार्यालयको एकमुष्ट बिवरण सार्वजनिक गरेको जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.