कान चिरुवा भिक्षुले फिरि लगाएर संकलन गरेको भिक्षाबाट निर्माण गरे सार्बजनिक प्रतीक्षालय

राप्ती,श्रावण ९/राप्ती नगरपालिका वडा नम्बर २ पन्थडाडाका खड्कनाथ योगि फिरि लगाउने एक कान चिरुवा भिक्षु हुन ।उनको कार्तिक महिना र चैत्र महिना भर न सुत्ने फुर्सद हुन्छ न त खाना खाने नै फुर्सद हुने गर्छ। योगि रात भरी राप्ती नगरपालिकाको साबिक पिप्ले, भण्डारा र बिरेन्द्रनगर गाबिस अन्तरगत पर्ने घर घरमा रातिको समयमा फिरि लगाउदै हिड्छन भने दिउँसो सिदा उठाउदै हिड्छन ।योगिको यो फुर्ख्यौली पेसा हो । उनीसंग गोरखनाथ पुजारिको लाइसेन्स समेत छ ।२०४२ साल देखि फिरि लगाउने पुर्खौली पेसा गर्दै आएका खड्कनाथ योगि बिशेषत सामाजिक सेवा गर्न र आफू समाजप्रति उत्तरदायी हुन खुब मन पराउछन ।यसरी फिरि लगाउदै मागेको भिक्षालाई संकलन गरि उनले आफ्नै ब्याक्तिगत लगानिमा पन्थडाडा स्थित श्री गोरखनाथ मन्दिर नजिकै एउटा सार्बजनिक प्रतीक्षालयको निर्माण गरिदिएका छन । यतिखेर रु. २,००,०००/- (दुई लाख) रुपैया बराबरको लगानिमा योगिले निर्माण गरिदिएको उक्त प्रतीक्षालयमा स्थानीय र बाटोमा हिड्ने बटुवाको लागि थकाइ मार्ने बिश्वाम स्थलको रुपमा लोकपि्रय छ ।यसरी कान चिरुवा भिक्षुले बर्ष भरी फिरि लगाएर संकलन गरेको पैसाले सुन्दर प्रतीक्षालय बनाइदिए पछि यतिखेर योगिको सामाजिक कार्य प्रतिको योगदानलाइ सबैले प्रशंसा गर्न थालेका छन ।समाजका उद्योगि,व्यावसायि,जागिरे र ठुला पहुचवालाको आँखा यस्तो ठाउमा जान नसक्नु र एउटा कान चिरुवा जोगिले यति गर्नु भनेको त्यस्ता ब्यक्तिलाइ योगिले दिएको सांकेतिक चुनौती हो भन्छन स्थानीय टोल बिकास संस्थाका अध्यक्ष एक बहादुर ल्वागुन ।योगिले श्री गोरखनाथ मन्दिर परिसर जाने सिडि समेत आफ्नै लगानिमा बनाइदिएको हामीसंगको कुराकानीमा बताउनु बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.