गाेरखामा निषेद्याज्ञा उल्लङघन गर्ने ३ सवारी साधनहरुलाई दश दश हजार जरिवाना

असार २७, गाेरखा

जिल्ला प्रहरी कार्यालय गाेरखाले निशेधाज्ञा उल्लँघन गरेका ३ वटा सवारी साधनलाइ नियन्त्रणमा लिएर दश दश हजार जरिवाना गरी छाडेकाे छ ।

हाल विश्वभर फैली रहेको कोभिड-१९ को नयाँ भेरियन्ट सहितको संक्रमण गोरखा जिल्लामा बढ्दै गई जिल्ला कोभिड व्यवस्थापन समिति (DCMC) को निर्णय समेतको आधारमा जिल्ला प्रशासन कार्यालय गोरखाबाट जारी भएको निषेद्याज्ञा कार्यान्वयनको क्रममा सवारी साधनहरू नियन्त्रणमा लिइ कारवाही गरिएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाबाट जारी विज्ञप्तिमा जनाइएकाे छ ।

निषेद्याज्ञा उल्लङघन गर्ने बा. ५ ख. १०७७ , बा. ५ ख. १०७३ र ग. १ ख. ९६२२ नं. को माईक्र बसहरुलाई नियन्त्रणमा लिई उक्त माईक्रो बसका चालकहरु जिल्ला गोरखा, भिमसेन थापा गा.पा. वडा नं. ९ बस्ने बर्ष २५ को सुजन भट्ट, ऐ. गा.पा. वडा नं. ८ बस्ने बर्ष ३० को प्रकाश श्रेष्ठ र जिल्ला तनहुँ, आँबुखैरेनी गा.पा. वडा नं. ३ बस्ने बर्ष ३७ को मनिराज गुरुङलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय गोरखामा पठाईएकोमा जिल्ला प्रशासन कार्यालय गोरखाबाट कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम निजहरुलाई जनही रु.१०,०००।– (दश हजार) जरिवाना गरी छाडिएको बताइएकाे छ ।

साथै निषेद्याज्ञा उल्लङघन हुने किसिमले गरिने जुनसुकै कार्य एवं गतिविधीहरुलाई कडाईका साथ पालना गरिने प्रतिबद्धता समेत  विज्ञप्तिमार्फत जनाइएकाे छ  ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.