नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारीहरु तथा नेपाली कांग्रेसका ७ प्रदेशका युवा नेताहरुको भेला गाेरखामा सम्पन्न

२०७८ असार २६ गते

नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारीहरु तथा नेपाली कांग्रेसका ७ वटै प्रदेशका युवा नेताहरुको प्रतिनिधिमुलक भेला गाेरखाम सम्पन्न गरी समसामयिक बिषयमा गरिएकाे निर्णयसहित एक प्रेश बिज्ञप्ति जारी गरेकेा छ ।

हेराैं बिज्ञप्ति जस्ताकाे तस्तै ः

प्रेस बिज्ञप्ती
नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारीहरु तथा नेपाली कांग्रेसका ७ वटै प्रदेशका युवा नेताहरुको प्रतिनिधिमुलक भेला गोबिन्द भट्टराई लगायतका कांग्रेस नेताहरुको उपस्थितीमा गोरखामा आज मिति २०७८ असार २६ गते सम्पन्न भयो । भेलाले निम्न बुँदाहरुमा छलफल गरी निर्णय लियो ।

१) नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन सम्पन्न गर्न तमाम युवाहरुलाई सक्रियताका साथ सहभागी हुन आह्वान गर्ने ।
२) सुदृढ बैचारिक र एकताबद्ध कांग्रेस निर्माण गर्न आवश्यक पहल गर्ने ।
३) कोभिड १९ बाट प्रताडित जनतालाई सुरक्षित राख्न सरकार असक्षम रहेकोले तत्काल सम्पूर्ण नागरिकलाई भ्याक्सिनको ब्यवस्था गर्न जोडदार माग गर्ने ।
४) बाढी, पहिरो पिडित जनताको तत्काल उचित बसोबासको ब्यवस्था सहित राहत प्रदान गर्ने ब्यवस्था मिलाउन जोडदार माग गर्ने ।
५) आगामी दिनमा नेपाली कांग्रेसमा युवालाई ब्यापाक रुपमा आवद्ध गराउन बैचारिक र राजनितिक कार्यक्रम तर्जुमा गर्ने ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.