पालुङ्टारकाे बाढी पहिराे प्रभावित क्षेत्रमा पूर्व प्रधानमन्त्री भट्टराइ, प्रदेश साँसद अाचार्य काे स्थलगत अनुगमन

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई गोरखाकाे  पालुङटार नगरपालिका भित्रका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएकाे छ ।

बाढी पहिरो प्रभावित क्षेत्रको भौगविक अध्ययन गर्न अनुरोध गर्दै उनले जोखिममा परेका बस्तीलाई सुरक्षित स्थानान्तरण गर्नुपर्ने उहाँले बताउनुभयाे ।
संघ र प्रदेशको समन्वयमा पालुङटार नगरपालिकाले बाढी र पहिरोबाट बिस्थापितलाई तत्काल र दिर्घकालिन रातहको कार्यक्रम ल्याउनुपर्ने बताउनुभएकाे छ ।

भट्टराई सँगै गण्डकी प्रदेशका मन्त्री एवं सो क्षेत्रका प्रदेश सांसद हरिशरण आचार्य पनि स्थलगत अवलोकनमा सहभागी हुनुभएकाे थियाे  । प्रदेश सरकारले बाढी पहिरो पिडितलाई सहयोग गर्ने प्रदेश सँासद अाचार्यले बताउनुभयाे । भट्टराइ र अाचार्यले  बढहरे खोला, छापथोक, राउतेपानी, खोल्ली गाउँ, लिगलिगकोट,बोहोरागाउँ लगायत ठाउँको अवस्था बारे अवलोकन गरेका थिए । यस अघि सो क्षेत्रको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि बाढी पहिरोबाट भएको क्षतीको अनुगमन र स्थानीय संग छलफल गर्नुभएकाे  थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.