शहिद लखन गाउँपालिकाले एभोकाडोको व्यावसायीक खेतिको लागि किसानहरुलाई प्रोत्साहन गर्ने

घैरुङ, ११ असार । गोरखाको शहिद लखन गाउँपालिकाले एभोकाडोको व्यावसायीक खेतिको लागि किसानहरुलाई प्रोत्साहन गर्ने भएको छ। गाउँपालिकाले आगामी वर्षको लागि निति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा समेटेको हो।

गाउँपालिकाको निति तथा कार्यक्रमको कृषि विकास नीति अन्तर्गत बुदाँ नं. ५ मा गाउँपालिका भित्रका कुनै एक वडालाई एभोकाडो खेतीको व्यवसायिक खेती गर्न कृषकहरुलाई प्रोत्साहित गरिने उल्लेख छ।

यस्तै गाउँपालिकाले आगामी वर्ष पनि कृषकहरुको उत्पादकत्वमा वृद्दि गर्न र रसायनिक मल माथिको सहज पहुँच पु¥याउन रसायनिक मल खरिदका लागि अनुदान दिने व्यवस्था मिलाइने भएको छ।

कृषिजन्य बस्तुहरुका उत्पादनमा जोड दिने, बाँझो रहेका कृषि भूमिको दिगो उपयोगको लागि उपयुक्त योजना तयार पारी कार्यान्वयन गर्ने, खाद्य तथा अन्य कृषि उत्पादनमा आत्मनिर्भरताका लागि उत्पादनका पकेट, ब्लक, जोन तथा सुपर जोनको बिकास गरी सघन व्यबसायिक खेती प्रणाली अघि बढाइने लगायतका कुराहरु पनि निति कार्यक्रममा समेटिएको छ।

यसैगरी जमिन भाडामा लिई व्यवसायिक उत्पादन कार्यमा लागेका कृषक÷कृषक समूहहरुलाई भाडामा २५ अनुदान दिने, रैथाने बालीलाई संरक्षण गर्दै उत्रत जातका बालीहरुलाई व्यवसायिकरण गर्न जोड दिइने लगायतका कुराहरु पनि कार्यक्रममा समेटिएको छ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.