बारपाक सुलिकोट गाउँपालिकाकाे ५२ करोड ७३ लाख रुपैयाँकाे बजेट सार्वजानिक

गोरखा । जिल्लाकाे बारपाक सुलिकोट गाउँपालिकाले कोभिड र लकडाउनका कारण प्रभावित बनेकाे विकास निर्माणलाई चलायमान बनाउने नीति सहित आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम सहित बजेट  विहिबार सार्वजानिक गरेकाे छ । नवाै गाउँसभामा पालिकाले कार्यक्रमसहित ५२ करोड ७३ लाख रुपैयाँकाे बजेट सार्वजानिक गरेको हाे ।

सभामा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले नीति तथा कार्यक्रम र गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले बजेट प्रस्तुत गरेकी थिइन ।

संघिय वित्तिय समानिकरणमा १४ कराेड ३४ लाख, संघ राजश्व बाँडफाँडमा ८ कराेड ३८ लाख ८० हजार, गण्डकी प्रदेश समानीकरणमा १ कराेड ७६ लाख ५८ हजार, गण्डकी प्रदेश राजश्व बाँडफाँडमा ५६ लाख ९९ हजार र पालिकाकाे काेषमा रहेकाे १ कराेड ५० लाख रुपैया आम्दानी हुने अनुमान पालिकाकाे रहेकाे छ ।

कोरोनाका कारण रोजगारी गुमाएका मजदुर र अति बिपन्न परिवारलाई राहत तथा सहयोग गर्ने गाउँपालिकाले नीति लिएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।

खानेपानी, स्वास्थ्य, शिक्षा विकास निर्माणका कामलाई  प्राथमिकतामा  राखेर गाउँपालिकाले बजेट बिनियाेजन गरेकाे प्रमुख प्रशासकिय अधिकृत गाैतम भण्डारीले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.