निषेद्याज्ञा उल्लङघन गरी यात्रु बाेक्ने २ वटा सवारी साधनहरुलाई दश दश हजार जरिवाना

गाेरखा,

जिल्ला प्रहरी कार्यालय गाेरखाले निशेधातज्ञाकाे समयमा सवारी पासकाे दुरूपयाेग गरी यात्रु अाेसार पसार गर्ने २ सवारी साधनलाइ कार्वाही गरेकेा छ । दुवै सवारी साधनलाइ रू.१० हजार जरिवाना गरी छाडिएकाे विज्ञप्तिमा उल्लेख छ ।

साे कुरा कार्यालले विज्ञ प्रेशप्ति जारी गरि जानकारी दिएकाे हाे ।

विज्ञप्ति 

              मिति :२०७८/०३/०९ गते ।

“निषेद्याज्ञा उल्लङघन गर्ने २ वटा सवारी साधनहरुलाई कारवाही गरिएको” :-

 

हाल विश्वभर फैली रहेको कोभिड-१९ को नयाँ भेरियन्ट सहितको संक्रमण गोरखा जिल्लामा बढ्दै गई जिल्ला कोभिड व्यवस्थापन समिति (DCMC) को निर्णय समेतको आधारमा जिल्ला प्रशासन कार्यालय गोरखाबाट जारी भएको निषेद्याज्ञा कार्यान्वयनको क्रममा काठमाण्डौबाट गोरखा यात्रु ओसार्ने प्रयोजनार्थ सामाजिक सञ्जालमा सूचना समेत जारी गरी मिति २०७८।०३।०८ गते यात्रु लिई काठमाण्डौबाट गोरखा सदरमुकाम तर्फ आउँदै गरेको हरियो नम्बर प्लेटको बा. १ य. १४५६ नं. को स्कारपियो र सामाजिक सञ्जालमै सूचना जारी गरी घ्याम्पेसाल गोरखा देखि काठमाण्डौ सम्म यात्रु बोकी जाँदै गरेको बा. १७ च. २८९३ नं. को स्कारपियो यस कार्यालयबाट नियन्त्रणमा लिईएको, प्रारम्भिक छानबिनबाट उल्लेखित गाडीहरुले घर फिर्ता गर्ने प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट जारी भएको पास लिए पनि सो पासको दुरुपयोग गरेको तथा यात्रुहरुबाट जनही रु.२,०००।–(दुई हजार) का दरले समेत भाँडा असुल गरी निषेद्याज्ञाको उल्लङघन गरेको देखिंदा चालकहरु जिल्ला नुवाकोट, शिवपुरी गा.पा. वडा नं. ७ कोटथोक बस्ने बर्ष २८ को सन्तोष पाण्डे र जिल्ला गोरखा, भिमसेन थापा गा.पा. वडा नं. ५ बगुवा बस्ने बर्ष २६ को सुनिल श्रेष्ठलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय गोरखामा पठाईएकोमा जिल्ला प्रशासन कार्यालय गोरखाबाट कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम निजहरुलाई जनही रु.१०,०००।– (दश हजार) जरिवाना गरी छाडिएको । साथै निषेद्याज्ञा उल्लङघन हुने किसिमले गरिने जुनसुकै कार्य एवं गतिविधीहरुलाई कडाईका साथ पालना गरिने प्रतिबद्धता व्यक्त गरिन्छ ।

थप जानकारीको लागि

प्र.ना.उ. प्रकाश दाहाल

सूचना सम्प्रेषण अधिकृत

सम्पर्क नं. :- ९८५६०६११९०

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.