पालुङटारकाे वडा नं. ५ र १० सिल, सिल प्रभावकारी नभएकाे स्थानीयकाे गुनासाे

जेठ २६, गाेरखा ।

गाेरखाकेा पालुङटार नगरपालिका वडा नं.५ अागामी जेठ ३१ गतेसम्म र वडा नं.१० असार २ गतेसम्मका लागि शिल गर्ने निर्णय गरिएकाे छ । वडा कार्यालहरूले अाजै एक सूचना जारी गरी वडाभित्रका सबै क्षेत्र सिल गरिएकाे बताइएकाे छ ।

ती वडाहरूभित्र काेराेनाकाे संक्रमण बढेकाे कारण देखाउँदै सिल गरिएकाे बताइएकाे भए पनि स्थानीयहरू भने सिलकाे प्रभावकारितामाथि प्रश्न चिन्ह उठाएका छन् । वडाहरू सिल गरिएकाे भए पनि सिल गरिएकाे वडाहरूबाट मानिसहरू अन्य वडामा अावतजावत गरिरहेकाे र ती स्थानहरूबाट अन्य स्थानमा सवारी साधन समेत अाउने जाने गरेकाे एक स्थानीयले नाम नबताउने शर्तमा बताउनुभयाे । उहँाका अनुसार सुरक्षाकर्मी, जनप्रतिनिधि तथा ठूलाबडा भन्नेहरू निर्वाध रूपमा अावतजावत गरेका, बिभिन्न स्थानहरूमा तास खेल्ने, मानिसहरूकाे जमघट हुने गरेका र प्रशासनले समेत खासै ध्यान दिइएकाे छैन ।

पछिल्लाे समयमा नगरपालिकाका बिभिन्न वडाहरूमा संक्रमण बढ्दै गइरहेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.