बोरा भित्र फेला परेको शवको खुट्टा र घुँडा मात्र भेटिएपछि

काठमाण्डौं २५, जेठ ।

बोरा भित्र बिहान फेला परेको शवको खुट्टा र घुँडा मात्र भेटिएको प्रहरीले जनाएको छ । काठमाण्डौंको बौद्धमा फेला परेको उक्त शव अन्यत्रै कतै हत्या गरिएको आंशका प्रहरीले गरेको छ ।

अन्यत्रै हत्या गरेर जलाइएको अवस्थामा खुट्टा मात्र देखिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताउनुभयो । शव महिला वा पुरुष कसको हो भन्ने पनि खुल्न सकेको छैन।

थप विवरण पोस्टमार्टमपछि मात्रै खुल्ने प्रहरीको भनाई छ । शबको प्रकृति हेर्दा करिब तीन हप्ता पुरानो जस्तो देखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.