शैलेस खाती क्षेत्री / जेठ २४
तनहुँकाे ब्यास नगर जेसिसका अध्यक्ष एवं समाजसेवी लक्ष्मीभक्त खनाल साेमबार मात्रै ५ ठाउँमा बिपतमा परेकाकाे उद्दारमा खटिनुभएकाे छ । उहाँले व्यास ६ सिसाघाटबाट गर्भवती महिलालाई दमौली अस्पताल पुर्याउनु भएकाे थियाे । त्यसैगरी व्यास १४ छाब्दीबाट बौद्धिक अपाङ्गलाइ दमौली अस्पताल पुर्याउनु भयाे भने, मिनमाया थापा मृगौला पीडितलाई अस्पतालबाट रिसिङ १ कोईदिम घर सम्म लगिदिनु भयाे । उहाँले आजै, ७२ वार्षिक दमको बिरामी सुकराम बिकलाई दमौली अस्पताल पुर्याइदिनु भयाे भने मृगौला पीडित म-माया थापालाई अस्पतालबाट म्याग्दे २ पसले पुर्याउनु भएकाे छ । निषेधाज्ञाका कारण सहजै सवारीसाधन पाउन मुस्किल हुने भए पछि निजि र रिजर्भ चड्न नसक्नेका बिपन्न बिरामीको लागी जेष्ठ ३१ सम्मको लागी व्यास नगरमा निशुल्क सेवा उपलब्ध गराईएकाे खनालले बताउनु भयाे । साथै उक्त कार्यलाई साथीभाईकाे सहयाेग रहेकाे भन्दै कार्य गर्न प्रेरणा मिलेकाे उहाँ बताउनुहुन्छ ।
Facebook Comments Box