१३ जेठ, तनहुँ ।
गण्डकी प्रदेश अन्तर्गत दमाैलीमा रहेकाे शिक्षक तालिम केन्द्र ले शिक्षकहरूका लागि ७ दिने अाइ. सि.टी. तालिम शुरू गरेकाे छ ।
शिक्षकहरूकाे पेशागत क्षमता अभिबृद्दी गर्न र पेशाप्रति बफादार भइ बदलिँदाे परिबेश अनुशार अाफूलाइ परिवर्तन गर्दै गुणस्तरी शिक्षा प्रदान गर्न सक्ने बनाउने उदेश्यका साथ तालिमकाे अायाेजना गरिएकाे तालिम केन्द्र प्रमुख नेपालहरि रानाभाटले बताउनुभयाे । उहाँले साे कुरा १३ गते तालिमकाे उदघाटन समाराेहमा बाेल्ने क्रममा बताउनुभएकाे हाे ।
७ दिनसम्म भर्चुअल माध्यमबाट सञ्चालन हुने साे तालिममा अहिलेकाे परिबेशमा शिक्षकहरूलाइ सक्रिय बनाउने र अनलाइन माध्यमबाट शिक्षण गराउन सक्ने बनाउने उदेश्यले लिइएकाे र बिभिन्न जिल्लाका गरी ३० भन्दा बढी शिक्षकहरूकाे सहभागिता रहेकाे तालिम संयाेजक बिदुरहरि अाचार्यले बताउनुभयाे ।