आँबुखैरेनीमा निषेधाज्ञाको उल्लघंन गर्नेलाई प्रहरीद्वारा कारबाही सुरु ।।

आँबुखैरेनी, ११ जेष्ठ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले निषेधाज्ञाको उल्लघंन गर्नेलाई कारबाही सुरु गरेको छ । गत जेष्ठ ६ गते राजपत्र भाग–२ मा प्रकाशित निषेधाज्ञा सम्बन्धित अध्यादेशमा निषेधाज्ञाको उल्लघंन गर्नेलाई जरिवाना सहित कारबाही गर्न भनेको छ । सो अनूरुप आँबुखैरेनी क्षेत्रमा मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैंपिच्छे १ सय रुपैंया, मानिसको आवतजावतमा रोक लगाईएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लघंन गर्नेलाई पटकैंपिच्छे २ सय रुपैंया, सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमतीबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैंपिच्छे २ पाङ्ग्रे सवारी साधन भए २ हजार रुपैंया र अन्य सवारी साधन भए ५ हजार रुपैंया जरिवाना सहित कारबाही गरिने इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिकास थापाले जानकारी दिनुभयो । यसैगरी, निषेधाज्ञा सम्बन्धि अध्यादेश बिपरितको काम गर्ने जुन कुनै संस्था वा व्यवसायलाई सजायको अतिरिक्त ६ महिना सम्म बन्द गरिने समेत प्रहरी निरिक्षक थापाले बताउनुभयो ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.