नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पालुङटार नगर समिति गोरखाले प्रधानमन्त्री र राष्ट्रपतिको असैबधानिक कदमको चर्को आलोचना

गोरखा, ९ जेठ ।

प्रधानमन्त्री र राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरेको भन्दै त्यसको चौतर्फी विरोध भएको छ। त्यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पालुङटार नगर समिति गोरखाले आइतवार पनि एक विज्ञप्ति जारि गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको असैबधानिक कदमको चर्को आलोचना गरेको छ।

नगर समितिका अध्यक्ष बिबस चिन्तन `अजय´ द्वारा जारि विज्ञप्तिमा मध्यराती राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा षड्यन्त्रपूर्वक प्रतिनिधि सभा विघटन गरिएको भन्दै यो कदम असंबैधानिक, अलोकतान्त्रिक, निरंकुश, स्वच्छाचारी र प्रतिगामी भएको ठहर गर्दै उक्त प्रतिगमनकारी कार्यको घोर भत्सना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,` प्रतिनिधि सभा सदस्य १४९ जनाको हस्ताक्षर सहित दाबी प्रस्तुत गरिएकोमा संविधानत शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा उल्टै प्रधानमन्त्री केपी ओलीको अन्धसेबक बनेर रास्ट्रपतिबाट प्रतिनिधि सभाको विघटन गरि नेपालको संविधान र लोकतन्त्रमाथी गम्भीर आक्रमण गरिएको छ र उक्त कदम २०७७ पौष ५ गते गरिएको प्रतिगामी कदम कै निरन्तरता भएको हाम्रो ठहर छ ।´

हेर्नुस् विज्ञप्ति:

मिति २०७८-२-७ मध्यराती रास्ट्रपती बिध्यादेबी भण्डारी र प्रधानमन्त्री के पि ओलिद्वारा षड्यन्त्रपुर्बक गरिएको प्रतिनिधि सभा विघटन असंबैधानिक, अलोकतान्त्रिक, निरंकुश, स्वइच्छाचारी र प्रतिगामी भएको ठहर गर्दै उक्त प्रतिगमनकारी कार्यको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पालुङटार नगर कमिटी घोर निन्दा र भत्सना गर्दछ ।

नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम बनेको के पि ओलिको सरकारले उपधारा ४ बमोजिम १ महिना भित्र बिश्वासको मत लिनुपर्ने संबैधानिक प्राबधानलाई लत्याउदै उपधारा ५ बमोजिम सरकार गठन गर्न रास्ट्रपतिलाई सिफारिस भइ रास्ट्रपतिबाट १ दिनको समय दिइ सरकार गठन गर्न आह्वान भयो । प्रतिनिधि सभाका माननीय सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि प्रतिनिधि सभा सदस्य १४९ जनाको हस्ताक्षर सहित दाबी प्रस्तुत गरिएकोमा संविधानत मा.शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा उल्टै प्रधानमन्त्री के पि ओलिको अन्ध सेबक बनेर रास्ट्रपतिबाट प्रतिनिधि सभाको विघटन गरि नेपालको संविधान र लोकतन्त्रमाथी गम्भीर आक्रमण गरिएको छ र उक्त कदम २०७७ पौष ५ गते गरिएको प्रतिगामी कदम कै निरन्तरता भएको हाम्रो ठहर छ ।

अत हाम्रो पार्टी नेपाली जनताको लामो बलिदानीपुर्ण संघर्सबाट प्राप्त उपलब्धिको रक्षा गर्न ,रास्ट्रपति र प्रधानमन्त्री बाट गरिएको प्रतिगमनकारी कदमको विरुद्धमा उभिन र संघर्ष गर्न रास्टृय स्वाधीनता, संविधान र लोकतन्त्र पक्षधर सबै राजनीतिक दलहर, नागरिक समाज, बौद्धिक समुदाय, मानबअधिकारबादी ,पेसाकर्मी लगायत आमजनसमुदायमा हार्दिक अपिल गर्दछ ।

अध्यक्ष
बिबस चिन्तन `अजय´
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ,पालुङटार नगर समिति,गोरखा।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.