नेकपा माओवादी केन्द्रले देशभरका पार्टी कार्यालयहरूलाई आइसोलेशन सेन्टर बनाउने

काठमाडौँ, २९ वैशाख ।

नेकपा माओवादी केन्द्रले देशभरका पार्टी कार्यालयहरूलाई आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको छ ।

बुधवार बसेको पार्टीको जिल्ला अध्यक्षहरुको बैठकले आफ्नै भवन भएको सबै जिल्लाको पार्टी कार्यालयलाई आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको हो ।

देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्नका लागि पार्टीले आफ्नै भवन भएको सबै जिल्लाको पार्टी कार्यालयलाई आइसोलेशन कक्ष बनाउने भएको हो । माओवादी केन्द्रले आफ्ना पार्टीका नेता तथा कार्याकर्तालाई कोरोनाविरुद्धको लडाइँमा लाग्न यसअघिनै आह्वान गरिसकेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.