अत्यावश्यक खाद्य सामग्री तथा अाैषधी सहज गराउन जसपा गाेरखाकाे माग

गोरखा १४, बैशाख ।

जनता समाजबादी पार्टी गोरखाले कोरोना महामारीमा दैनिक उपभोग्य तथा अत्याबश्यक खाद्य सामाग्री औषधी लगायतका बस्तुको मूल्य नियन्त्रण गरि सहज रुपमा उपलब्ध गराउन माग गरेको छ । पार्टीका जिल्ला सचिव बिपिनचन्द्र ढकालले आज एक बिज्ञप्ती जारी गर्दै कोरोना माहामारीको समयमा निम्न बर्गीय पविारलाई राहातको प्याकेज घोषणा गर्न पनि अपिल गर्नूभएको छ ।

बिज्ञप्तिमा लकडाउन र निषेधाज्ञा गरेर मात्र सरकारको जिम्मेवारी पुरा नहुने उल्लेख छ । त्यस्तै संक्रमणको बिषम परिस्थितीमा नआत्तिन र सजग रहन अनुरोध गर्दै स्वास्थ्य मापदण्डको पूर्ण रुपले पालना गरि धैयता एवंम संयमित रही अत्याबश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि जसपा गोरखाले बिज्ञप्ति मार्फत सवै नागरिकलाई अपिल गरेको छ ।

बिज्ञप्तिमा कोरोना बिरुद्धको लडाईमा स्वास्थ्य मापदण्ड पालना गरि तदारुकताका साथ जुट्न पार्टी पङ्तीलाई अनुरोध समेत गरेको छ

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.