नेपाल पत्रकार महासंघ तनहुँ शाखाका तीन पूर्व अध्यक्षहरू सल्लाहकारमा चयन

दमौली : नेपाल पत्रकार महासंघ तनहुँ शाखाले तीन पूर्व अध्यक्षलाई सल्लाहकार सदस्यमा मनोनित गरेको छ ।
संस्थाका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा १२ औँ साधारण सभापछिको पहिलो बैठकले सेख मोहम्मद हनिफ (गोरा मियाँ), पूर्व अध्यक्ष डम्बर अधिकारी र प्रकाशचन्द्र भट्टराईलाई सल्लाहकार सदस्यमा मनोनित गरेको हो ।

 

साथै, बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निवर्तमान कार्यसमिति, निर्वाचन समिति लगायत सम्पूर्ण पक्षलाई ध्रन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सचिव प्रताप रानाले बताए ।

 

पत्रकार महासंघ तनहुँ शाखाको बैठकले कोभिड १९ को दोस्रो लहरको महामारीबाट उत्पन्न हुन सक्ने समस्या र चुनौतीहरुप्रति सचेत रही स्वास्थ्य सुरक्षामा पहिलो प्रथामिकतामा राखी पेशागत कर्तव्य पूरा गर्न अपिल समेत गर्ने निर्णय गरिएको छ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.