एकिकरण नेपाल, गोरखाको आयोजनामा पालुङटार नगरपालिका वडा नं ७ को मजुवामा एक कार्यक्रमको बिचमा सामी परियोजना सम्बन्धी समुदाय अभिमुखिकरण सम्पन्न भएको छ । कार्यक्रममा गोरखा जिल्लाको लागि सामी परियोजनाको स्थानीय सेवा प्रदायक संस्था एकिकरण नेपाल गोरखाको परियोजना संयोजक चन्द्रबहादुर देबकोटाले सहजीकरण गर्नुभएको थियो । समग्रमा सुरक्षित आप्रबासन परियोजना (सामी) को बारेमा परियोजना संयोजकले जानाकारी गराउनु भएको थियो ।
कार्यक्रममा मजुवा बित्तिय साक्षरता तथा मनोसमाजिक परामर्श कक्षा ब्यबस्थापन समितीको उपाध्यक्ष इन्द्र कोइरालाले शुभकामना मन्तब्य राख्नु भएको थियो । बित्तिय साक्षरता तथा मनोसामाजिक परामर्शको साथै जिल्ला प्रशासन कार्यालय संगै रहेको आप्रबासी सुचना तथा स्रोत केन्द्रबाट बैदेशिक रोजगारी सम्बन्धी परामर्श, बैदेशिक रोजगारीको शिलशिलामा ठगिएकाहरुलाई निशुल्क कानुनी सेवाको लागि सहजीकरण, बैदेशिक रोजगारीमा रहँदा अंगभंग भएका, मृत्यु भएकाहरुलाई क्षतिपुर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण गर्ने बिप्रेषणलाई आयमुलक क्षेत्रमा खर्च गर्न बित्तिय साक्षरता तथा मनोसमाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतको काम भइरहेको परियोजना संयोजक देबकोटाले बताउनु भयो । त्यस्तैगरी बैदेशिक रोजगारीकै कारण सिर्जित मनोसामाजिक समस्या भएकाहरुलाई परामर्श सेवा पनि दिइरहेको जानाकारी दिनु भयो ।
सामी परियोजना वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना (क्बःष् तेस्रो चरण) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको छ । यस परियोजना अन्तर्गतका कार्यक्रम गोरखा जिल्लाका ४ स्थानीय तहहरु गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका र शहिद लखन गाउँपालिकामा सञ्चालित छन् । परियोजनाको समयसिमा २०७९ असार ३१ सम्म रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहहरूको व्यवस्थापन तथा कार्यान्वनमा यस परियोजनाका कार्यक्रमहरू सञ्चालनमा रहेको छ । हेल्भटास नेपालले प्रभावकारी कार्यक्रम सञ्चालनका लागि प्राविधिक सहयोग उपलब्ध गराएको छ ।