चैत्र २१, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा च्याङ्ली सामुदायिक सिकाइ केन्द्रको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कंडेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा वडा भित्रका सबै टोलबिकास संस्थाका अध्यक्षहरु तथा महिला समूहका अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको थियो ।
सिकाई केन्द्रका परिचालिका राममाया कुमालले सञ्चालन गर्नुभएको कार्यक्रममा सदस्य इन्द्र कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै गरी कार्यक्रममा कार्यपालिका सदस्य सावित्रा वि.क.ले उदघाटन गर्दै सिकेका सिपलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । वडा नंं. ७ का वडा सदस्य भगवती कुमालले यसअघि पनि वडामा धेरै तालिमहरु सञ्चालन गरिएको भएतापनि खासै उपलब्धी नदेखिएको गुनासो व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा टोलविकास संस्थाका तर्फबाट चिजकुमार श्रेष्ठ, महिला समूहका तर्फबाट कोपिला वि.क, सिकाइ केन्द्रका सदस्य गणेशलाल श्रेष्ठ लगायतकाले मन्तव्य राखेका थिए । अध्यक्ष रविन्द्र कंडेलले सिकाई केन्द्रको परिचय, तथा यसका गतिबिधीहरुको बारेमा चर्चा गर्दै आगामी दिनहरुमा समुदायको मागमा आधारमा तालिमहरु सञ्चालन गरिने बताउनुभयो ।
सिकाइ केन्द्रले आफ्नो कार्यक्षेत्रभित्र साक्षरता, साक्षरोत्तर तथा आयआर्जन र सीपमूलक क्षेत्रमा काम गर्दै आइरहेको छ ।
च्याङ्ली सामुदायिक सिकाइ केन्द्रद्धारा अन्तरक्रिया कार्यक्रम सञ्चालन
Facebook Comments Box