Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
एकै घरका दाजु बहिनीको एकै दिन मृत्यु

एकै घरका दाजु बहिनीको एकै दिन मृत्यु

इटहरी / इटहरीका एकै घरका दाजु बहिनीको एकै दिन मृत्यु भएको छ । इटहरी २० तरहरा तामाङ टोलका एक राजेन राई र बहिनी दिपा राईको एकै दिन मृत्यु भएको हो ।

राजेन केहि समय देखि विरामी थिए । उनी काठमाण्डौमा स्कुल चलाएर बसेका थिए । उनी जण्डिसको विरामी थिए । दिपाको भने पित्तथैलीको पथ्थरिया भए पछि धरान स्थित विजयपुर अस्पतालमा पथ्थरियाको अप्रेशन गर्न लगिएको थियो । डाक्टरको गम्भिर लापरवाहीको कारण मृत्यु भएको भन्दै छानविन गर्न आफन्तहरुले माग गरेका छन ।

धरान विजयपुर अस्पतालको गम्भिर लापरवाही गरेर पथ्थरियाको अप्रेशन गर्दा दिपाको ज्यान गएको भन्दै आफन्तहरुले आपत्ती जनाएका छन । अस्पतालाई कडा कारवाही हुनु पर्ने तरहराबासीको माग छ । दाजु बहिनीकै एकै दिन मृत्यु भए पछि आफन्त विछिप्त भएका छन ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.