चितवनमा स्याङयोङ कोरियन लक्जरियस एसयुभी एण्ड पिकअप गाडीको विक्रिवितरण सुरु

भरतपुर :  चितवनमा स्याङयोङ कोरियन लक्जरियस एसयुभी एण्ड पिकअप गाडीको विक्रिवितरण सुरु भएको छ । भरतपुर १२ स्थित बसपार्क नजिक म्याक्सवेल मोटर्स प्रालिले सो व्राण्डको गाडी विक्रि वितरण सुरु गरेको हो ।
उक्त ब्राण्डका कार तथा पिकअप गाडि खरिद गर्न पाउने गरी आज म्याक्सवेल मोटर्स प्रालिको सोरुम समेत उद्घाटन गरिएको हो । डिजेल र पेट्रोल बाट संचालन हुने उक्त कारहरुको आधिकारिक विक्रेता आइएमएस मोटर्सले भरतपुरका लागि सोरुम संचालन गर्न सहयोग गरेको हो ।

आइएमएस मोटर्स संचालक दिपेश कायस्थले यो सोरुम चितवनमै पहिलो रहेको र आनन्दायी सवारीहरु चढ्न शोख हुनेहरुले यसलाई खरिद गर्न सक्ने बताए । गाडी खरिद देखि त्यसको सेवा र सर्भिस प्रभावकारी बनाइने उनले बताए ।

उद्घाटनको एक हप्तासम्म गाडि खरिद गर्ने वा बुकिङ गर्नेहरुलाई १ लाख देखि १० लाख रुपैयाँ सम्मको छुट रहेको सोरुमका संचालक हरिप्रसाद पन्तले बताए ।

उक्त कम्पनीका गाडीहरु ६६ लाखदेखि १ करोड ५४ लाख सम्मको रहेको र म्यानुअल तथा अटोमेटिक दुवै सेग्मेन्टमा उक्त कम्पनीका गाडिहरु उपलब्ध रहेका छन् ।

सोरुमको शनिवार उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष ई. भोजराज कौडेलले रिवन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा उद्योग संघका उपाध्यक्ष त्रिलोचन कडेँलले आफूले पनि कोरियन कार प्रयोग गरेको र सुविधाजनक रहेको बताए । तर गाडि खरिद गर्नेहरुलाई त्यसपछिको सेवामा गुनासो हुन नदिनेगरी काम गर्न उनले सुझाव दिए । कार्यक्रममा म्याक्सवेलका राज डल्लाकोटीले स्वागत गरेका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.