गोरखामा एम्नेष्टी इन्टरनेशनल समूह ७६ को साधारण सभा सम्पन्न

रविन्द्र कंडेल
१५ मंसीर, गोरखा ।
गोरखामा कार्यरत एम्नेष्टी इन्टरनेशनल समूह ७६को बार्षिक साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
समूहका संयोजक रमेश अधिकारीको अध्यक्षातामा सम्पन्न सभामा एम्नेष्टी नेपालका केन्द्रिय अध्यक्ष बिक्रम ढुकछुले एम्नेष्टी अभियानमा सबैको साथ र सहयोग हुनुपर्ने बताउनुभयो । त्यस्तै गरी अभियानलाई सफल पार्नको लागि समूह ७६को भूमिकाको बारेमा समेत सो अवसरमा बताउनुभयो । नेपालका सबै ७७ जिल्लामा समूह निर्माण गर्नको लागि केन्द्रले कार्ययोजना बनाएको समेत उहाँले सो अवसरमा बताउनुभयो ।
एम्नेष्टी नेपालका केन्द्रिय सदस्य महेश पौडेलले बिशेष अतिथिको रुपमा बोल्दै अभियानलाई अघि बढाउन समूह र यसका संस्थापक स्व.ठाकुर प्रसाद कंडेलको योगदानको कदर गर्नुभएको थियो ।
कार्यक्रममा मानवअधिकार सञ्जालका अध्यक्ष यदु अधिकारी, समुहका सल्लाहाकारहरु रविन्द्र कंडेल, ऋषि खनाल, गोरखा क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्णप्यारा श्रेष्ठ लगायतकाले शुभकामना ब्यक्त गर्नुभएको थियो । समूहका सचिव कमल प्रसाद लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा समूहकी भगवती कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.