मङ्सिर ७, गाेरखा ।
अमेरिकामा भएको कार दुर्घटनामा परि गोरखाका एक युवकको मृत्यु भएको छ । जिल्लाको शहिद लखन गाउँपालिका–८ बुङकोट छापथोक स्थायी घर भएका सुरेश श्रेष्ठको दुर्घटनामा परि मृत्यु भएको आफन्तले बताएका छन् ।
अध्ययनको शिलशिला अमेरिक पुगेका भएका श्रेष्ठ अमेरिकमा रहँदै आएका थिए । दुर्घटनाका कारणको भने खुल्न नसकेको अमेरिका प्रहरीले जनाएकाे छ ।