६ मंसीर
गाेरखाकाे पालुङ्टार नगरपालिका भित्रका सबै बिद्यालयहरूमा भाेलि (७ गते) अाइतबारदेखि पठनपाठन शुरू हुने भएकाे छ ।
काेभिड १९ काे संक्रमणका कारण मूल सिकाइ केन्द्र तथा सहायक सिकाइ केन्द्रहरूबाट समेत हुँदै अाएकाे पठन पाठन गत असाेज २६ गतेदेखि ठप्प रहेकाे थियाे । नगरपालिकाले गत असाेज २५ गते एक सूचना जारी गरी सम्पूर्ण सिकाइ केन्द्रहरूबाट भइअाएकाे पठनपाठन राेकिएकाे जनाएसँगै हालसम्म सबै सिकाइ केन्द्रहरू बन्द रहेका थिए ।
अाइतबार ७गतेदेखि सबै सिकाइ केन्द्रहरूबाट पठन पाठन गर्न सूचित गरिएकाे पालुङटार नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम काराखेतीले जानकारी दिनुभयाे । उहाँका अनुसार अाइतबारदेखि सबै सिकाइ केन्द्रहरूबाट सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पूरा गरेर सिकाइ कार्य अघि बढाइने बताउनुभयाे ।
सिकाइ केन्द्रहरूमा साबुन पानी तथा स्यानीटाइजरकाे व्यवस्था गरिनुका साथै शिक्षक तथा बिद्यार्थीहरूलाइ मास्क अनिबार्य लगाउन समेत भनिएकाे छ ।