कार्तिक ५, काठमाण्डाै ।
कक्षा १२ काे परीक्षा मङ्सिर ९ गते देखि सुरु हुने भएकाे छ । परीक्षा मङ्सिर नाै गते मङ्गलबार सुरु भएर १६ गते मङ्गलबार सकिने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले जनाएकाे छ ।
प्रयाेगात्मक परीक्षाकाे अङ्क कार्तिक २५ गते भित्र पठाउन बाेर्डले निर्देशन गरेकाे छ । परीक्षाका समयमा काेराेना भाइरस सङ्क्रमित भएमा परीक्षामा भाग नलिन आग्रह गर्दै छुट परीक्षा पुन: सञ्चालन गरिने बाेर्डका प्रमुख डा. चन्द्रमणी पाैडेलले बताएका छन् ।
परीक्षा तालिका हेर्नका लागि तलकाे लिङ्क क्लिक गर्नुहाेस् ।